
धादिङ असोज २६ । धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका (१०, भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको ट्रिपर अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर उद्धव पोखरेलले जानकारी दिनुभयो । दुर्घटनामा तीन जना घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा थाक्रे १० का सोम माया तामाङ, सावित्री तामाङ र महेश तामाङ रहेका छन भने घाईते हुनेमा गोथे भनिने हरेन्द्र तामाङ माईला तामाङ र ३ बर्षका एक बालक रहेका छन ।
सामान लिएर चकमके तर्फ जाँदै गरेको ट्रिपर सडक बाट पल्टेर करिव ३०० मिटर तल पुगेको स्थानिय बासी जनक पण्डितले जानकारी दिनु भयो ।

धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर दुर्घटना ।
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply