दशैं सकिएपछि तरकारीको मूल्यमा भारी गिरावट

Share it with you friends

७ कात्तिक, काठमाडौं । दशैं सकिएलगत्तै तरकारीको भाउ हृवात्तै घटेको छ । उत्पादनमा भएको वृद्धि र दशैंका बेला खपत कम भएका कारण तरकारीको भाउमा ठूलो गिरावट आएको हो ।

तरकारीको भाउ ३० देखि ४० प्रतिशतसम्मले घटेको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । दशै शुरु भएसँगै तरकारीको भाउमा उल्लेख्य गिरावट आएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

‘काउली यतिबेला प्रतिकिलो २५ रुपैयाँसम्म बिक्री भएको छ, अघिल्लो हप्ता ४० रुपैयाँमा बिक्री हुने गरेको बन्दा अहिले २५ रुपैयाँमा पनि बिक्री हुन गाह्रो छ’ अध्यक्ष घिमिरेले अनलाइनखबरसँग भने, ‘गत वर्षको दाँजोमा ४० प्रतिशतसम्म तरकारीको मूल्यमा गिरावट आएको छ ।’

उत्पादनमा वृद्धि र खपत भएका कारण तरकारीको मूल्यम गिरावट आएको उनको भनाइ छ । उनले आलुबाहेक सबै तरकारीको मूल्य घटेको बताए । नयाँ उत्पादन आइनसकेको र पुरानो उत्पादन सकिएको साथै भारत, बंगलादेश र भुटानमा समेत मूल्य बढेका कारण आलुको मूल्य भने घट्न नसकेको उनले बताए ।

तरकारीको मूल्यमा भारी गिरावट आउदा तरकारी उत्पादक किसानहरु मार्कामा परेका छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते