उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न ।

राजाराम डंगोल धार्के, मंसिर १ । उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । धुनिबेशी नगरपालिका वडा नं. ६ धार्के बजारमा आज सम्पन्न भएको साधारण सभामा धुनिबेशी नगरपालिका का प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ धादिङका सदस्य रामचन्द्र आचार्य , नेपाल रेडक्रस सोसाईटी धादिङका जिल्ला सभापति सिताराम कोईराला, नेपाल उद्योग बाणिज्य महासंघ धादिङका महासचिब इश्वरी कोईराला लगायतको आतिथ्यता रहेको थियो ।

आजको ११औँ बार्षिक साधारणसभामा दुई सहकारी एक अर्कामा मर्जभएका छन् । धुनिबेशी नगरपालिका ५ मा अबस्थित उदय कृषि बहुउदेश्यीय सहकारी सँस्था र चण्डेश्वरी बहुउदेश्यीय सहकारी सँस्थाहरु आजबाट एक भएर अगाडी बढेका छन् । साधारणसभामा बोल्दै सहकारीका अध्यक्ष बासुदेव बास्कोटाले यस सँस्थाले कृषिको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । अबको समयमा एक घर एक टनेल कार्यक्रमलाई पनि अगाडी बढाउने बताउनुभयो ।

प्रमुख अतिथीका रुपमा रहनुभएका धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले धुनिबेशी नगरले लिएको नियमलाई दुई सहकारीले पालना गर्दै एक भएर देखाएकोमा प्रशँसा समेत गर्नुभयो । साथै उहाँले नगरपालिकाले युवा लक्षित कार्यक्रम पनि लिएर आएको बताउनु भयो । नगरपालिकाभित्र बसोबास गर्ने १ सय जना युवा उद्यमीलाई १ लाखका दरले ऋण सहकारीवाट प्रदान गरिने बताउनु भयो । धादिङको धुनिबेशी नगरपालिका भरी सेवा बिस्तार गरि काम गर्दैआएको यस सहकारी सँस्थाले बिशेषत कृषि क्षेत्रमा काम गर्दै आएको छ

बिशेष अतिथीका रुपमा रहनुुभएका जिल्ला सहकारी सँघका अध्यक्ष नेत्रराज पौडेलले स्थानिय तह अनुसार अब सहकारीले आफ्नो गतिबिधी सञ्चालन गरि अगाडी बढ््नुपर्ने आग्रह गर्नुभयो । सहकारी ऐन २०७४ लाई आधार मानेर सहकारीले आफ्नो उदेश्य अनुसार काम गर्नुपर्ने बताउनु भयो ।२०६५ सालमा स्थापना भएको यस सहकारी सँस्थाले कृषि क्षेत्रमा काम गर्दै आएको छ ।
