
धार्के धादिङ मंसीर १ । धादिङको धुनिबेशी नगरपालिका ६ धार्केमा भएको रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । रक्तदान जिवनदान भन्ने नारा सहित नेपाल रेडक्रस सोसाईटी सहयोग समिती धुनिबेशी नगरपालिकाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७७ जना ब्यक्तिहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी सहयोग समिती धुनिबेशी नगरपालिकाका सँयोजक रामबाबु रेग्मीले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति सिताराम कोईराला र धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको पनि उपस्थिति रहेको थियो ।धुनिबेशी नगरपालिका सहित धादिङ र अन्य जिल्लाका ब्यक्तिहरुले पनि रक्तदान गरेका छन् । रक्तदानको लागि नेपाल रेडक्रस सोसाईटी धादिङका पदाधिकारी तथा स्वयमसेवक र शिवदर्शन अस्पताल धार्केका चिकित्सकले सहयोग गरेका थिए ।

धार्केमा रक्तदान कार्यक्रम सम्पन्न ।
Related Posts
-
साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…
-
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज…
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही…
-
नेपाल जापान सम्वन्धकाे ७० वर्ष, धुनिबेशीमा राेपियाे ७० वटा साकुरा
नेपाल जापान दौत्य सम्वन्धको ७० वर्षको अवसरमा धुनिबेशी नगरपालिका ८ को बनदेबी सामुायिक बन अन्तरगतको…





Leave a Reply