धुनिवेशी खुल्ला दिशा मुक्त नगर

Share it with you friends

राजाराम डंगोल धार्के, धादिङ

धुनिवेशी नगरपालिकालाइ खुल्ला दिशा मुक्त नगर घोषणा गरिएको छ । धादिङ जिल्लालाइ पौष २५ गते भित्रमा खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तरगत धुनिवेशी नगरपालिकालाइ खुल्ला दिशा मुक्त नगर घोषणा गरिएको हो । नगरपालिकाको कार्यलयमा आयोजित कार्यक्रममा आज धुनिवेशी नगरलाइ खुल्ला दिशा मुक्त घोषणा गरिएको हो ।

पुर्व अर्थ मन्त्री सुरेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षता रहेको थियो । उपमेयर निरु खरेल, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र बहादुर अर्याल,वडा अध्यक्ष हरु वडा सदस्य विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि हरु बिधालयका प्रतिनिधिहरु बिद्यार्थी, स्वास्थ्य कर्मिहरु लगाएत सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नुका कारण तथा यसको औचित्यताका बारेमा नगर प्रमुख बालकृष्ण आचार्यले प्रष्ट पार्नु भएके थियो । उहाँले नगर लाई खुल्ला दिशा मुक्त नगर बनाउन सबैको सहयोग अपरिहार्य भएको र नगरलाइ अगाडी बढाउन सवै पक्षा उत्तिकै सकृय भएर लाग्नु पर्ने बताउनु भयो । तेस्तै नगरपालिकामा भएका र नगरले गरेका सम्पूर्ण कामहरु घरमा बसेर नै थाहा पाउने गरि वेव साइट बनाइने नगरपालिकाका विकास निर्माणका कामलाई तिब्रता दिने र कमजोरी भएका पक्षहरूलाइ सच्चाउँदै सबै पक्षको सुझाव अनुसर नै गर्ने बताउनु भयो ।

कार्यक्रममा नगरको सरसफाइ एवं स्व्च्छता प्रतिवेदन सार्वजनिक गर्दै उपप्रमुख निरू खरेलले २०६८ सालमा सरसफाइ अभियान सुरू हुँदा ५६ प्रितिशत घरधुरी सरसफाइको पहुँचमा पुगेकोमा हाल नगरका ९९ दशमलव ९८ प्रतिशत घरधुरिमा व्यवस्थित शौचालय रहेको जानकारी दिनुभयो । प्रतिवेदन अनुसार नं. १ मा १०१४, वडा नं.२ मा १११७, वडा नं.३ मा ६५९, वडा नं.४ मा ५७७, वडा नं.५ मा ६८४, वडा नं.६ मा ५२९, वडा नं.७मा ८३०, वडा नं.८मा ७६५ र वडा नं.९ मा १०७२ घरधुरीमा शौचालयको पहुँच पुगेको छ ।

कार्यक्रममा बोल्दै पुर्ब अर्थमन्त्री एबम कार्यक्रम का प्रमुख अतिथी सुरेन्द्र प्रसाद पाण्डेले धुनिवेशी नगर राजधानिको नजिक भएको कारण पर्यटन को लागि राम्रो भएकोले सबैले यसलाई वेवस्थित गर्न सके अझ राम्रो हुने र नगरपालिकालाई आगाडी बढाउन आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । धुनिवेशी नगरवासीको ऐक्यवद्धता पूर्ण सरसफाइमा प्रतिवद्धता भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा बोल्दै नेपाली काँग्रेस धुनिवेशी नगरपालिकाका सभापति दिपेन्द्र पाठककले पूर्ण सरसफाइ युक्त नगरपालिका आफुहरूको पनि चाहना हुँदा हुदै पनि नगरपालिकाले हतारमा घोषणा गरेकोले आगामि दिनमा यसको सफल कर्यन्वयनमा संका व्यक्त गर्नु भयो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते