चीनमा विभाजनको प्रयत्न गर्नेको विनाश हुने राष्ट्रपति सी जिनपिङको चेतावनी

Share it with you friends

चीनका राष्ट्रपति सी जिनपिङले चीनमा विभाजनको प्रयत्न गर्नेको विनाश हुने चेतावनी दिएका छन् । चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो चेतावनी दिएका हुन् ।

चीनको राष्ट्रिय एकता नै आमचिनियाँ नागरिकको सामूहिक आशा भएको बताउँदै विखण्डनको प्रयास गर्नेले विनाशको सामनाका लागि पनि तयार हुनुपर्ने उनले बताए । ताइवान र हङकङबाट भइरहेका ‘विखण्डनकारी’ गतिविधिविरुद्ध सीको कडा चेतावनी आएको हो ।

एक इन्च भूमि पनि अतिक्रमण हुन्न
ग्रेट हल अफ दी पिपुल्समा मंगलबार सम्बोधन गर्दै राष्ट्रपति सीले बारुद र कन्फ्युसियसको लेखनको आविष्कार चिनियाँ इतिहासको महत्वपूर्ण उपलब्धि भएको बताए । आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै राष्ट्रपति सीले समाजवादले मात्र चीनको रक्षा गर्ने विषयलाई इतिहासले प्रमाणित गरेको बताए । उनले भने, ‘हाम्रा शत्रुविरुद्ध रक्तपातपूर्ण युद्ध लड्न चिनियाँ नागरिकमा उत्साह छ ।’ चीनको विश्वव्यापी महत्वाकांक्षालाई औँल्याउँदै उनले चीन विश्वमै शक्तिशाली हुने तर आक्रामक रूपमा प्रस्तुत नहुने बताए । समुन्नतिका लागि चीनमा एकता कायम गर्नुपर्ने बताउँदै उनले भने, ‘हाम्रो महान् देश चीनको भूमिबाट एक इन्च पनि अलग गर्न असम्भव छ । देशलाई टुक्र्याउन गरिने तिकडमको विनाश हुनेछ । विभाजनको चिनियाँ जनताले तिरस्कार गर्ने र इतिहासले सजाय दिनेछ ।’

ताइवान र हङकङविरुद्ध रुष्ट
राष्ट्रपति सी ताइवान र हङकङका ‘स्वायत्त’ गतिविधिविरुद्ध आक्रोशित बनेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । ताइवानले आफूलाई स्वायत्त क्षेत्रको रूपमा लिएको छ तर बेइजिङले विद्रोही क्षेत्रको रूपमा हेर्दै आवश्यक परे बलपूर्वक चिनियाँ मूलभूमिमा एकजुट हुनुपर्ने बताउँदै आएको छ । पछिल्लो समयमा ताइवान मुद्दा चीनको विवादको मुख्य केन्द्र बनेको छ । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ कानुनमा हस्ताक्षर गर्दै अमेरिकी उच्च अधिकारीको समूह ताइवान पठाउन सक्ने र आवश्यक परेमा ताइवानी अधिकारी अमेरिका जान पाउने नयाँ व्यवस्था लागू गरेका थिए । सो नयाँ व्यवस्थाप्रति बेइजिङ क्रुद्ध छ । पछिल्ला वर्षमा हङकङमा अझै बढी स्वायत्तता र स्वतन्त्रताको आवाज बढेको छ । स्वतन्त्रताको माग गर्दै हङकङवासीले सडक आन्दोलन चर्काएका छन् ।

शक्तिशाली राष्ट्रपति
सन् २०१३ मा राष्ट्रपतिमा निर्वाचित भएका सी जिनपिङको अनन्त कालसम्म चीनको नेतृत्व गर्ने सम्भावना बढेको छ । वर्षमा एकपटक मात्र बस्ने नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेस (एनपिसी)ले एक साताअघि राष्ट्रपतिलाई दुई कार्यकालमा मात्र सीमित गर्ने व्यवस्थालाई हटाएसँगै उनी अनिश्चित कालसम्म सत्तामा रहने संकेत देखिएको छ । राष्ट्रपति सी माओत्सेतुङपछिकै शक्तिशाली राष्ट्रपति बनेका छन् । एनपिसीको बैठकमा आफ्ना प्रमुख सहयोगीलाई नेतृत्वमा राखेर राष्ट्रपतिले आफ्नो शक्ति अझै बढी सुदृढीकरण गरेका छन् ।

सवा करोडलाई रोजगारी दिइने लक्ष्य
चीन सरकारले यस वर्ष करिब एक करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मंगलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सो जानकारी दिएका हुन् । ‘चीनले सन् २०१८ मा चीनको सहरी क्षेत्रमा एक करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ,’ उनले भने । रोजगारी कुनै व्यक्ति वा परिवारका लागि मात्र नभई सरकार र देशका लागि नै महत्वपूर्ण भएको उनले बताए । यस वर्ष ३० लाख मानिस रोजगारी पाउने आशामा गाउँबाट सहर पसेको उनले बताए । चीनको सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट रोजगारीका लागि आउने कामदारहरूकोे संख्या २८ करोड छ । उनीहरूले चिनियाँ सहरी क्षेत्रमा आवश्यक कामदारको खाँचो टार्ने मात्र नभएर देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याएको अनुमान सरकारको छ ।

खछ्याङले व्यापारमा विश्वव्यापी सहकार्यप्रति चीन प्रतिबद्ध रहेको बताए । चीनले देशको अर्थतन्त्र अझै बढी एक्सपोज गर्ने र घरेलु तथा चीनमा रहेका विदेशी कम्पनी चीनको बृहत् बजारमा प्रतिस्प्रर्धा गर्न सक्षम रहेको उनले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट निर्यात हुने स्टिलका सामग्रीमा भारी कर लगाउने घोषणा गरिरहेकै वेला चिनियाँ प्रधानमन्त्रीको सो अभिव्यक्ति आएको हो।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते