महादेववेशीमा गरे १ सय १२ जनाले रक्तदान ।

राजाराम डंगाेल, महादेववेशी । थाक्रे गाउँपालिका वडा नम्बर ११ मा बृहद रक्तदान कार्यक्रम भएको छ । धादिङ जिल्लामै हासम्म एकैदिन एकै स्थानमा १३९ जनाले रक्तदान गरेकाे तथ्याङ्क रहेकाेमा आजकाे रक्तदान कार्यक्रममा ११२ जनाले रक्तदान गरेको मिलिजुलि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उर्मीला रेग्मीले जानकारी दिनुभयाे । मिलिजुलि महिला बचत तथा ऋण सहकारी सँस्था, सिड्स धादिङ, नेपाल स्वयम् सेवि रक्तदाता समाज, थाक्रे युवा समाज नेपाल, सेतिदेबि बहुउदेश्यीय ऋण सहकारी सँस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी धादिङ शााखाको प्राबिधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रमले रक्तदान प्रति आम नागरिककाे धारणा सकारात्मक रहेकाे प्रस्ट हुने सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनु भयो ।
रक्तदान नै जिवनदान भन्नेमुल नाराका साथ सञ्चालित कार्यक्रममा २८ जना महिला र ८४ जना पूरुष गरि जम्मा १ सय १२ जनाले रगत दान गरेका हुन्र ।

