महादेबबेशिमा राष्ट्रिय सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने ।

Share it with you friends

राजाराम डंगोल महादेबबेशी धादिङ, माघ २९ । धादिङको थाक्रे गाउँपालिका महादेबबेशिमा राष्ट्रिय सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ गुठी समाजको आयोजना तथा थाक्रे गाउँपालिका वडा नम्बर १, ३, ४ र ५ को सह-आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने गुठी समाजका अध्यक्ष जङ्गबहादुर तामाङले बताउनुभयो । फागुन ११ गते हुने कार्यक्रममा राष्ट्रिय कलाकार शिब परियार, गायक तथा हाँस्यकलाकार जयनन्द लामा, सिलाबहादुर मोक्तानका साथमा कुन्ति मोक्तान,पप गायक सविन लामा, लोक तथा सेलो गायक उत्सव लामा, लोक तथा दोहोरी गाइका रजनी लामा सेलो गायक हेम वाईवा, गायक राज किङ लगाएत कलाकार हरु को साथमा एबिसिडी डान्स ग्रुपको बिषेश प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।मंगलबार सम्पन्न भएको पत्रकार सम्मेलनमा ११ गते हुने कार्यक्रममलाई कसरी सञ्चालन गर्ने र यसको प्रचारप्रसारको लागी के कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो। तामाङ समुदायको भेषभुषा, रीतीरीवाज, चालचलन, सँस्कृतिलाई जगेर्ना गर्नको लागी थप सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनका सभा अध्यक्ष एबम थाक्रे गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा तामाङ गुठी समाजका सँयोजक अमीत घलेले जानकारी गराउनु भयो । उहाँले तामाङ जातिको उत्थान तथा सँरक्षण गर्नको लागी कार्यक्रम गर्न लागिएको समेत बताउनु भयो। मंगलबार सम्पन्न पत्रकार सम्मेलनमा गुठी समाजका अध्यक्ष जङ्गबहादुर तामाङले राज्यबाट नै हेपिएको तामाङ पछिल्लो समयमा धेरै अगाडी देखिएको र अझ शशक्तबन्दै जाने बताउनु भयो । उहाँले जातिय हिसावमा पछाडी परेको बर्ग भनेर हेपिने दिन सदाको लागी अन्त्य गर्दै अब अगाडी बढ्नु पर्ने उद्घोष समेत गर्नुभयो । फागुन ११ गते आयोजना हुने कार्यक्रममा प्रमुख अतिथीका रुपमा प्रदेश नम्बर ३ का कृषिमन्त्री दावा दोर्जे लामा आउनुहुने छ भने बिषेश अतिथीका रुपमा बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आउनुहुने आयोजक ले जानकारी दिएको छ। कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नको विभिन्न संघ सँस्थाहरु सहयोगीका रुपमा रहेका छन् भने मिडिया सहयोगीका रुपमा कृषि रेडियो १०१.५ मेगाहर्ज, रेडियो राजमार्ग ९२.१ मेगाहर्ज एभिन्युज टेलिभिजन,देश बिकाश डट्कम नागरिक पाटी डट कम, उज्यालो न्युज लगायत रहेका छन।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते