धादिङको बैरेनीमा रहेको रिम्स नेपालको १९ औँ वार्षिक उत्सव समारोह सम्पन्न ।

Share it with you friends


राजाराम डंगोल , १४ बैशाख । धादिङको बैरेनीमा रहेको रिम्स नेपालको १९ औँ वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा सँघिय साँसद खेम लोहनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख जगन्नाथ नेपाल, गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना, थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेती, गैह्र सरकारी सँस्था महासँघ प्रदेश ३ का अध्यक्ष दामोदर अर्याल, गैह्र सरकारी सँस्था महासँघका केन्द्रिय सदस्य गोकर्ण रुपाखेती, गैह्र सरकारी सँस्था महासँघ धादिङका अध्यक्ष एकराज छत्कुल्ली, पत्रकार महासँघ धादिङका अध्यक्ष नवराज छत्कुल्ली लगायतको आतिथ्यता रहेको थियो ।


गल्छी गाउपालिका वडा नं. ६ को जिन्टेटारमा रहेको आफ्नै भवन मा सम्पन्न भएको कार्यक्रममा सँस्थाका कार्यकारी निर्देशक विष्णु त्रिपाठीले सँस्थाले गरेका क्रियाकलाप तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै कार्यक्रममा कलाकार रजनी लामाले सँस्थाले गरेको काम, भएको परिवर्तन र प्रभावकारिताको विषयमा गित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका विभिन्न परियोजना मार्फत सँस्थामा योगदान पु¥याउनुभएका संस्थाका कर्मचारीहरुलाई सम्मान तथा प्रशंसा पत्र पनि वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका धादिङका प्रतिनिधी सभा सदस्य तथा सँघिय साँसद खेम लोहनीले सम्वृद्ध नेपाल सुखी नेपालीको अभियानमा अघि बढिरहेकोले सबै कुरा एकैपटक पुरा नभएपनि अबको ४ वर्षमा गरिबी निवारण भई जनताको स्तर माथी उठ्ने बताउनु भएको छ । यस्तै जनशक्ति परिचालन, विभिन्न तहका सरकारमा पुर्वाधार निर्माणको कामले गति लिएको पनि बताउनुभयो । साथै उहाले विभिन्न गैरसरकारी सँस्थाका व्यक्तिले उठाएका सामाजिक सेवा ऐनका बारेमा बोल्दै अहिले भैरहेको राम्रो व्यवस्थालाई कायम गर्दै नराम्रो व्यवस्थालाई संसोधन गरेर लैजाने समेत बताउनुभयो


सँस्थाका अध्यक्ष विद्या मालाकार (घले) ले सामाजिक काममा समर्पित भएको र वर्षौँ सम्म सबैको साथ सहयोग पाएको ले सबैको सुझाव र सल्लाहमा आगामी दिनमा अघि बढ्ने बताउनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते