बिउ उत्पादनमा चरम अभाव , ८० प्रतिशत बिउ बिदेशबाट आयात हुने

Share it with you friends

वैशाख २६ , बिहिबार । हरेक सरकारले कृषिमा आत्मनिर्भर हुने नारा तय गदर्छन् तर उत्पादनमा भने आत्मनिर्भर हुन सकिएको छैन । बीउ–विजनको ठूलो हिस्सा पनि आयात गर्नुपरिरहेको छ । देशमा खपत हुने बीउ–विजनमध्ये करिब ८० प्रतिशत विभिन्न मुलुकबाट आयात हुने गरेको छ । गत वर्षमात्रै डेढ अर्ब रुपैयाँको बीउ आयात भएको थियो । खुल्ला सीमानाका कारण छिमेकी मुलुक भारतबाट भन्सार नै नगराइ बीउको ठूलो परिमाण भित्रिने गरेको जानकारहरु बताउँछन् । आयात हुनेमा धान, मकै, तरकारीका बीउ नै प्रमुख छन् ।

मुलुकमा बीउ नै उत्पादन नभएर आयात गरिने भने होइन । ३५ भन्दा बढी कम्पनीले वार्षिक ३० हजार टन बीउ उत्पादन गरिरहेका छन् । तर, ‘हाइब्रिड’ जातका बीउ उत्पादन हुन नसक्नु र किसानमा विदेशी तथा हाइब्रिड जातकै बीउप्रतिको आकर्षण बढी हुनुले पनि आयातमा कमी आउन नसकेको बीउ–विजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बीउ विकास अधिकृत रमेश हुमागाइँले बताउनुभयाे । मुलुकमा अन्य उन्नत बीउ उत्पादनको स्थिति सन्तोषजनक रहेपनि हाइब्रिड बीउ उत्पादन सुरु नगरेसम्म आत्मनिर्भर बन्न समय लाग्ने हुमागाइँले बताउनुभयो ।
बीउ–विजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार यस वर्ष राष्ट्रिय बीउ–विजन समितिबाट ४४ जातका बाली तथा जातहरु रजिस्टर भएका छन् । रजिष्टर हुनेमा १३ बालीका ४४ जात छन् । त्यसमध्ये चारओटामात्र स्वदेशी जातका बीउ रहेका छन् । यस वर्ष रजिस्टर भएका विदेशी बालीहरुमा धान, काउली, बन्दा, बोडी, टमाटरलगायतका छन् भने स्वदेशीमा शखरखन्ड, बदाम, तोरी र राज्मा छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते