आईपीएलको फाइनल आज, मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा

Share it with you friends

बैशाख २९, २०७६ । आईपीएल क्रिकेटको उपाधि भिडन्त आइतबार हुँदैछ । फाइनलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र रोहित शर्माको मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्दैछन् । मुम्बईले चेन्नईलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने चेन्नईले दोस्रो क्वालियफायरमा दिल्ली क्यापिटल्सलाई निराश बनाउँदै फाइनलमा पुनः मुम्बईसँगको भेट पक्का गरेको हो । यी दुवै टिम आईपीएल क्रिकेटका सबैभन्दा सफल टिम भएकाले आजको उपाधि भिडन्त रोमाञ्चक बन्ने अपेक्षा गरिएको हो । यी दुई टिम अहिलेसम्म तीन पटक उपाधि भिडन्त गर्दा दुई पटक मुम्बई इण्डियन्सले जितेको छ भने एक पटक मात्रै चेन्नईले हात पारेको छ ।

समग्रमा दुवै टिमले तीन तीन पटक उपाधिको स्वाद पनि चाखिसकेका छन् । चेन्नईले सर्र्वािधक ८ पटक फाइनल खेल्दैछ भने मुम्बईले यस संस्करण सहित पाँचौ पटक फाइनल खेल्न लागेको हो । विगतको आंकडा हेर्दा चेन्नईको पक्षमा बलियो देखिए पनि जारी सिजनमा भने मुम्बईले नै चेन्नईलाई पछि पारेको छ । यस सिजनमा तीन पटक खेल्दा तिनै पटक नै मुम्बईले बाजी मारेको थियो । फाइनल खेल आइतबार राति पौने ८ बजे हैदराबादमा सुरु हुने छ ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 26 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते