बारामा सेनाबाट हुरीपीडितको घर निर्माणकाे थालनी

Share it with you friends

बैशाख ३०, २०७६ । नेपाली सेनाले गत चैत १७ गते आएको हुरीबाट घरबारबिहिन भएका बाराका स्थानीयको घर बनाइदिन थालेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–४ स्थित चैनपुरमा हुरीले क्षति पु¥याएका २१५ घरमध्ये पहिलो चरणमा ९३ घरको निर्माण सेनाले थालेको हो । चैनपुरका २१५ घरको निर्माणका लागि वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका सेनानी हरिकुमार पाण्डेको कमाण्डमा ४५० जना सेनाको टोली खटिएको छ । सेनाको टोलीले चैनपुरमै अस्थायी क्याम्प बनाएर हुरीपीडितको घर निर्माणलाई तीब्रता दिएको हो । तीन चरणमा घर निर्माण सक्ने र एक एक महिनाको दरले तीन महिनामा सबै २१५ वटा नै घर बनाउने तयारी थालिएको सेनानी पाण्डेले बताउनुभयो । वैशाख २१ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितको टोली बारामा पुगेर घर निर्माणको शिलान्यास गरेका थिए ।

चैत १७ गतेको हुरीले बाराको फेटा र परवानीपुर गाउँपालिकासहितमा ठुलो क्षति पुर्याएको थियो । बारा र छिमेकी जिल्ला पर्सामा समेत गएको हुरीले २७ जनाको ज्यान लिएको थियो । हुरीले बााराको फेटा गाउँपालिको वडा नं १ र कलैया नगरपालिका वडा नं १८ मा पर्ने भलुही भरबलिया गाउँमा ठुलो क्षति भएको थियो त्यस्तै बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा २१५ घर ध्वस्त भएका थिए ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते