कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै

Share it with you friends

१३ साउन २०७६, सोमबार,
धादिङ्ग ।
माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठक समेत बोलाइसकेको छ । यसवर्ष पनि सबै संकायको नतिजा एकैपटक सार्वजनिक गरिने भएको छ । सबै संकायको नतिजा एकै पटक प्रकाशित गर्न लागिएको यो दोस्रो पटक हो । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

नतिजा प्रकाशन भएपछि हेर्ने तरिका ः–
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

उदाहरणको लागि तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *