धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न।

Share it with you friends

राजाराम डंगोल, महादेबेशी  २४ साउन २०७६, । धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आ व २०७५र०७६ मा पालिका ले छुट्टाएको बजेट बाट सम्पन्न गरेका योजना तथा कामको बारेमा विषय गत शाखाका प्रमुखहरूले कार्यक्रममा आआफ्नो सखा को प्रतिबेदन प्रस्तुत गर्नुभेको थियो।

थाक्रे गाउँपालिकाले विभिन्न वडा बाट योजना छनोट गरि आएका योजनाहरू सम्पन्न गरेको छ । गाउँ पालिकाले जिल्ला कै नमुना काम को पनि सुरूवात गरेको गाउँ पालिकाकाअध्यक्ष राम कुमार आचार्यले बताउनु बताउनु भयो । महिला शसक्तिकरण तथा संस्थागत परियोजना सञ्चालन गरेको छ । गाउँ पालिकाको ११ वडामा एक घर एक सदस्य समूह गठन कार्यक्रम गरि गाउँ पालिका भरि १७६ ओटा समूह गठन गरिएको र यसरी समुह गठन गर्नाले थाक्रे को समग्र बिकास काकाम गर्न सहज हुनुका साथै महिला हरु ससक्त भै अगाडि बड्न सक्ने अध्यक्ष रामकुमार आचार्यले बताउनु भयो।

 


तेस्तै यश समुहमा आबद्ध भएका महिला हरू लाई गाउँ पालिकाले प्रोत्साहन स्वरूप २० प्रतिशत रकम विकास योजनामा उपलब्ध गराउने उपाध्यक्ष अम्बिका रूपाखेती ले बताउनु भयो ।समुहमा छरिएर रहेका पूजी हरूको एकत्रित भई सामाजिक तथा आर्थिक विकास मा थप टेवा पुग्ने उपाध्यक्ष रूपाखेतीले बताउनु भयो । गाउँ पालिकाले नेपाल मै पहिलो सेफ हाउस सञ्चालन गर्दै आएका छ । गाउँ पालिकाले सेफ हाउसमा दुई जना कार्मचारीलाई तलब र यहाँ समस्या भएर आउने नागरिकहरू लाई खान बस्नको व्यवस्था गाउँ पालिकाले गर्दै आएको उपाध्यक्ष अम्बिका रुपाखेती ले बताउनु भयो ।

 


थाक्रे गाउँपालिका गय आर्थिक वर्षमा पुजी गत तर्फ २० करोड रकम खर्च गरेको छ । त्यस्तै चालू तर्फ २५ करोड रकम खर्च गरेको छ । गाउँपालिकाले ससर्त तर्फ शिक्षामा १ करोड ८५ लाख ९ सय २१रूपैयाँ ,स्वास्थ्यमा १ करोड ८३ लाख २६ हजार २१रूपैयाँ ,पशु कृषिमा २१ लाख ७७ हजार ७ सय ७७ रूपैयाँ ,महिला तथा बालबालिका तर्फ ५ लाख ७ हजार ८ सय ९२ रूपैयाँ खर्च भएको आर्थिक प्रशासन फाँटका नवीन धितालले बताउनु भयो।
त्यसै गरि प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ कुल २० लाख बजेटमा १५ लाख भन्दा बढी खर्च भएको बताउनु भयो । गाउँ पालिकाले पालिका भित्र यो वर्ष ५२ किलो मिटर सडक निर्माण गरि ग्राभेल गरेको ,केवलपुरमा डिपबोरिङ , राजमार्ग को छेउ छेउमा सौर्य सोलार बति जडान गरिएको , दुई वटा पक्की पुल तेस्तै झोलुङ्गे पुल निर्माण भएको रानी झरना जाने स्थालमा सिढी निर्माण तथा मूति स्थापना लगायत का योजना सम्पन्न भएको छ । भने
गय आर्थिक वर्षमा आन्तरीक तर्फ १७ करोड राजस्व आम्दानि गरेको छ । यो वर्षमा गाउँ पालिकालको भवन निर्माण गर्ने ,वडा भवन निर्माण लगायतका मत्व पुर्ण काम हरु पूरा गर्ने समेत समिक्षा कार्यक्रम मा अध्यक्ष राम कुमार आचार्यले बताउनु भयो ।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते