दरिङाल खोलामा डुबेर दुईको मृत्यु, आक्रोसित स्थानीयले जलाए तीन स्काभेटर
२५ श्रावण, २०७६, धादिङ्ग–
खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ ठुलिफाँट दरिङाल खोलामा शनिवार बिहान १० वजे तिर दुई जना युवाको ज्यान गएको छ । मेशिनले वनाएको खाल्डोमा डुवेर दुई जनाको ज्यान गएपछि आक्रोशित त्यहाँका स्थानीयबासीले खोलामा राखिएको तीनवटा स्काभेटरमा आगजनी गरेका छन् ।
खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका वडा नम्बर ७ का १९ बर्षका भिम तामाङ र २१ बर्षका सुमन तामाङ शनिवार दिउँसो वजे तिर खोलामा डुवेका थिए । खोला गहिरो बनाएर खनेका कारण दुवै जना खाडलमा फसेर ज्यान गएको स्थानीयबासीले वताएका छन् । देख्दा देख्दै दुई जना युवाको अकालमा ज्यान गएपछि आक्रोशित हुन पुगेका स्थानीयले तीनवटा स्काभेटरमा आगजनी गरेका छन । अबैध दोहनमा संलग्न भएकाहरु माथि कारवाही र खोलामा धराप वनाएर सर्वसाधरणको ज्यान गएको घटनाको छानविन गरि दोषि माथि उचित दण्ड सजायँ र मृतकका आश्रित परिवारलाई क्षतीपुर्तिको माग राख्दै स्थानीयले खोलाबाट शव निकाल्न दिएका छैनन । स्थानीयले पटक पटक खोलामा मेशिन नलगाउन दवाव दिंदै आएपनि बालुवा तस्करहरुले रातीको समय पारेर गहिरो खाडल बनाई बालुवा निकाल्दै आईरहेको स्थानीयबासीले भनाईं छ ।
यस अघि दरियाँल खोलामा गैर कानूनी ढंगबाट सञ्चालन गरिएका तीन वटा मेशिन स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । जिल्ला समन्वय समितिले एउटा मेशिनलाई ५० हजार जरिवाना गरेको भएपनि अरु मेशिन भने स्थानीय तह र प्रहरी प्रशासनको मिलेमतोमा जरिवाना नभई छुटेका थिए ।
एक साता अघि यहाँका स्थानीयले सदरमुकाम धादिङबेसी पुगेरै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिई प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई भेटेर खोलामा मेशिन लगाउन रोकिदिन आग्रह समेत गरेका थिए । घटनाको जानकारी आएपछि घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । आक्रोशित भिडले खोलामा रहेका सबै मेशिन जलाउने चेतावनी दिएपछि थप क्षती हुन नदिन इलाका प्रहरी कार्यालय गजुरीबाट घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
