स्थानीय सरकारले मात्रै संघियता जोगाउन सक्छ : मुख्यमन्त्री पौडेल

Share it with you friends

३ नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललेसंघियतालाई सस्थागत गरि स्थायीत्व दिने प्रमुख दायित्व स्थानीय सरकारको रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति धादिङको तेस्रो जिल्ला सभालाइ सम्वोधन गर्ने क्रममा मन्त्री पौडेलले लामो आन्दोलन र अथक प्रयास पछि देशमा संघियता आएको भएपनि पुरानै ढर्रामा चलिरहेकाले गर्दा संघियतालाइ स्थायीत्व दिन स्थानीय सरकारले बलियो हुनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले भने, ‘देशमा संघियता आयो, तर प्रशासनिक निकाय, राजनितिक दल, कर्मचारी तन्त्र कसैको मानसिकतामा परिवर्तन आएन, हिजोकै शैलीमा काम गर्न चाहान्छन्, त्यसैले संघियताको मर्म जोगाउनु नै स्थानीय सरकारको प्रमुख दायित्व भएको छ ।’

संघियतामा काम गर्न चुनौती र अवसर दुवै रहेकाले संघियतालाइ सस्थागत गरेर अघि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेकोमा उनले जोड दिए जिल्ला सभालाइ सम्वोधन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय सरकारले जनमुखी काम गर्न नसकिरहेको तर्फ सचेत गराए ।
‘एक पालिका एक उत्पादन’लाइ विशेष योजना बनाएर अघि बढे प्रदेश सरकारले साथ दिने पौडेलले बताए । ‘मैले पटक पटक भनिरहेको छु, योजना बनाएर बजेट लिन आउनुस भनेर ।’

मुख्यमन्त्री पौडेलले भने, ‘धादिङका कुनैपनि स्थानीय तहले उत्पादनमुखी काम गर्छु भनेर योजना नै पेश गरेका छैनन् ।’ प्रदेश सरकार झोलामा पैसा बोकेर बसिरहेकाले प्रतिफल आउने र जनताले फाइदा पाउने योजनाहरु लिएर आउन स्थानीय सरकारले लाइ मुख्यमन्त्री पौडेलेले आग्रह गरे ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते