पक्राउ परे अल–शबाबका नेता

Share it with you friends

सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ । अल–शबाबको आक्रमणका कारण हालै मात्र क्षेत्रीय प्रशासन प्रमुखको ज्यान गएको थियो ।

सोमाली राष्ट्रिय सुरक्षा निकाय (निसा) का अनुसार मोगादिशुमा आइतबार गरिएको आक्रमणमा बनादिर प्रशासनका पूर्व सचिव मोहमद अमिन शेख एल्मीको मृत्यु भएको थियो । निसाले शंकास्पद आक्रमणकारीलाई मोगादिशुमा गिरफ्तार गरिएको छ । उनको घरमा खानतलासी गर्दा मोबाइल फोन, ब्याट्री र अरु बम बनाउन प्रयोग गरिने सामान बरामद गरेको थियो ।

एल्मीको सवारी साधनलाई लक्षित गरी आइतबार भएको आक्रमणमा उनी गम्भीर घाइते भएका थिए । अलकायदासँग सम्बद्ध अल–शबाब समूहले पश्चिमा मुलुकको समर्थनमा बनेको सोमाली सरकार सत्ताच्यूत गर्न केही वर्षदेखि सशस्त्र संघर्ष गरिरहेको छ । यही समूहले आइतबारको आक्रमणको पनि जिम्मेवारी लिएको थियो ।

सोमाली सरकार र अफ्रिकी युनियनका सैनिकले अल–शबाब विरुद्ध मध्य र दक्षिणी सोमाली क्षेत्रमा भिषण कारबाही गरिरहेका छन् । तैपनि, विद्रोहीहरुले सोमालियाको धेरै ठूलो भूभागमा कब्जा गरिरहेका छन् । उनीहरुले सडक लगायतका विभिन्न ठाउँमा विद्युतीय धराप बिछ्याएर सुरक्षाफौज र सर्वसाधारणको ज्यान लिने गरेका छन् । सिन्ह्वा

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ११:२५
    • 3 views
    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार १०:०१
    • 4 views
    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ०९:५३
    • 4 views
    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 8 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन