कोकाकोला पिउनुहुन्छ ? थाहा पाउनुहोस् १० देखि ६० मिनेटभित्र यसको असर

Share it with you friends

एक क्यान कोक खाएको एक घण्टाभित्र तपाईको शरीरमा के कस्तो प्रतिक्रिया हुन्छ भनेर एउटा इन्फोग्राफिकमा देखाईएको छ । अमेरिकामा बस्दै आएका एक जना डाक्टरले चलाएको ट्रुथ थ्यौरी भन्ने ब्लगले त्यस्तो चित्रलाई संकलन गरेको हो । यो चित्रमा ६० मिनेटभित्र सात चरणमा हामीले पिएको पेय पदार्थ टुक्रिन्छ भनेर देखाईएको छ ।

१. पहिलो १० मिनेटमा तपाईको शारीरिक प्रणालीभित्र करीब १० चम्चा चिनी पस्दछ जुन मात्रा तपाईलाई चाहिने दैनिक आवश्यकता बराबर हो । तर यति धेरै चिनीले पनि तपाईलाई वाकवाकी भने लाग्दैन किनकि फोस्फोरिक एसिडले यसलाई सन्तुलनमा राखेको हुन्छ ।

२.बीस मिनेटमा तपाईको रगतमा सुगर वा चिनीको मात्रा बढ्दछ जसले गर्दा इन्सुलिन सक्रिय हुन्छ । यो अवधिमो कलेजोले प्राप्त गरेको सबै सुगरलाई बोसोमा बदल्छ ।

३. चालीस मिनेटमा पेय पदार्थमा भएको सबै क्याफिनलाई शरीरले लिन्छ । यस अवधिमा आँखा रसिलो हुने र रक्तचाप बढ्ने हुनाले रक्तसञ्चारमा कलेजोले सुगरको मात्रा थपिदिन्छ । दिमागमा रहेका निन्द्रा लाग्ने रिसेप्टरहरु बन्द हुन्छन् जसले गर्दा निन्द्रा लाग्दैन ।

४. पेय पदार्थ पिएको ४५ मिनेटमा डोपामाइन वृद्धि हुन्छ र आनन्दको महसुस हुन्छ । लागू औषधी प्रयोग गर्दा पनि यस्तै अनुभव हुन्छ ।

५. यो चरणमा फोस्फोरिक एसिडले क्याल्सियम, म्याग्नेसियम र जिङ्कलाई तपाईको तल्लो आन्द्रामा एकीकृत गर्दछ जसले गर्दा शरीरको मेटावोलिजम वा रासायनिक प्रक्रिया उच्च हुन्छ । यति बेला सुगरको मात्रा पनि बढी हुने र पिसाबबाट क्याल्सियम निकै जाने हुन्छ ।

६. यो अवधिमा क्याफिनमा भएको पिसाब बढाउने तत्व सक्रिय हुन्छ जसले गर्दा तपाईलाई पिसाब लागेको महसुस हुन्छ । अनि हाडतिर जान लागेको क्याल्सियम, म्याग्नेसियम, जिङ्क, सोडियम, इलेक्ट्रोलाइट र पानी शरीरले बाहिर फ्याँक्दछ ।

७. यो चरणमा कोकको प्रभाव कम हुँदै जान्छ जसले गर्दा शरीरमा सुगरको मात्रामा भारी गिरावट आउँछ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते