
राजाराम डंगोल ,थाक्रे ,धादिङ-भाद्र १५ । धादिङको थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेबबेशिमा रहेको जनजागृती माबिले कक्षा ९ बाट नै सिभिल इन्जिनियर विषयकाे पढाइ सुरू गरेकाे छ । बिध्यालयले २० औं स्थापना दिवस एबं १९औं वार्षिकोत्सवको अवसरमा कक्षा ९ बाट सिभिल इन्जिनियर कक्षा शुभारम्भ समारोह कार्यक्रमकाे अायाेजना गरेकाे हाे।

बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिध्यालयकाे सामाजिक परिक्षण समेत गरिएको थियो। बिध्यालयको विभिन्न विषयमा बिधालयका प्रधानाध्यापक लावण्य प्रसाद फुयाँलले प्रदिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथी नेकपाका जिल्ला अध्यक्ष एबम प्रतिनिधि सभाका सदस्य भुमी त्रिपाठी ले गमलामा पानी हालेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी त्रिपाठीले शैक्षिक स्तर वृद्धि गरि गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष्य सिभिल इन्जिनियर उत्पादन गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

कार्यक्रमका बिशिष्ठ अतिथी एबं थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले शुभकामना दिनु भएकाे थियाे ।









