कुकुर मार्ने अभियान चलाएका खोटाङकाे दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयरविरुद्ध उजुरी

Share it with you friends

१७ भदौ २०७६, मंगलबार,

खोटाङको दिक्तेलमा भुस्याहा कुकुर मार्ने अभियान चलाएको भन्दै स्थानीय मेयरविरुद्ध उजुरी परेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरुद्ध कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो। केही दिन अघि उक्त नगरपालिका क्षेत्रमा निर्ममतापूर्वक कुकुर मारिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। मेयर रिजालले दिएको निर्देशनमा कुकुरलाई मार्ने अभियान चलाइएको आरोप लागेको छ।

नेपाल भेटेरेनरी एशोसिएसनसँग आबद्ध पशु चिकित्सक सीताराम यादव र पशु प्राविधिक सुमन श्रेष्ठ सहितको टोलीले प्रहरीमा उजुरी गरेको हो। खोटाङ जिल्लामा कार्यरत प्रहरी निरिक्षक आमोद खेरवारले घटनाको अनुसन्धान सुरु भएको जानकारी दिनुभयो। पशुपंक्षीविरुद्ध निर्दयी व्यवहार गर्र्ने िवरुद्ध तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता २०७४ ले व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *