भ्रमण वर्ष २०२० अन्तर्गत सडक सुधार गर्न निर्देशन

Share it with you friends

२१ भदौ, २०७६ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्न सडक पूर्वाधारमा जोड दिनुपर्ने प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सदस्यले जोड दिएका छन्। सरकारले भ्रमण वर्षका लागि एक सय पर्यटकीय गन्तव्य पहिचान गरेको छ। ‘ती पर्यटकीय गन्तव्यसँग पुग्ने सडक पूर्वाधार छैन’, समितिकी सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो, ‘सडकबिना पर्यटक कसरी गन्तव्यमा पुग्छन् ? ’ सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिचान गरेको पर्यटकीय गन्तव्यसँग पर्यटन पुर्याउने सडक निर्माणमा उहाँले जोड दिनुभयो । समितिले शुक्रबार भ्रमण वर्ष २०२० लाई सफलताका साथ सम्पन्न गर्न निर्धारण भएको पर्यटकीय गन्तव्य स्थलहरूसम्म पुग्ने सडक मार्गको अवस्थाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको थियो।

सडककै कारण भ्रमण २०२० प्रभावित नहुने भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको दाबी छ। ‘राजमार्गमा समस्या छैन। काठमाडौंका सडकमा समस्या छन्’, सचिव कार्कीले भन्नुभयो, ‘अन्य क्षेत्रका सडक राम्रो अवस्थामा छ।’ काठमाडौंका सडक हेरेर मात्र प्रश्न उठेको उहाँको भनाइ छ। भ्रमण वर्ष सुरु हुन चार महिना बाँकी छ। उक्त अवधिमा काठमाडौंका सडक पनि सुधार गर्ने उहाँले प्रतिवद्धता जाहेर गर्नुभयो । चाबहिल–साँघु, कलंकी–नागढुंगा र च्यामासिंह–नगरकोट सडक भ्रमण वर्षअघि सम्पन्न हुने उहाँको दाबी छ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 4 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 4 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 16 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 15 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 16 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 24 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध