लघुकथा: सपना

Share it with you friends

-अदिती अर्याल ज्ञवाली

बिहानको ५:०० बजेको थियो, होलसेलमा जान पाए विभिन्न किसिमका तरकारी केही सहुलियत दरमा पाइन्छ भनेर कालिमाटी हिँडे म। कालीमाटी चोटबाट तरकारी बजारतर्फ मेरो पाइला मोडिनै लाग्दा ट्राफिकले सिठ्ठी फुक्यो र प्रतीक्षा गर्न अनुमति दियो, एक कदम पछि हटेर प्रतिक्षामा बसेँ। करिब २ मिनेट जति भएको थियोे, एक अपरिचित व्यक्ति मेरो नजिकै आएर उभियो र शिरदेखि पाउसम्म नियालेर हेर्यो र पनि नदेखे झैँ गरेर चुपचाप उभिरहेँ। एकछिन पछि “दिदी” भन्यो, बोलिन।
फेरि “दिदी” भन्यो, “हजुर” भने !
“तपाईं कहाँ जान लाग्नुभएको?” मनमनै सोचेँ, “नचिनेको मान्छे, त्यो पनि कहाँ जान लागेको भनेर सोध्छ।” फेरि पनि उसैले प्रश्न गर्छ, “दिदी के सोच्नुभएको? किन नबोल्नुभएको?”
“केही होइन, म तरकारी किन्न जान लागेको, तरकारी बजार”, मन नलागी नलागी जवाफ दिएँ।
“मलाई पनि किनिदिने हो?” जिस्किने पारामा उसले सोध्यो। “तरकारी बजार उ त्यहाँ छ, के के मनपर्छ, जाउ अनि किन!” अलि रिसाए झैँ गरेर जवाफ दिएँ। “आजकालका केटीहरूलाई केही बोल्नै नहुने, कति ठूला हुने”, उसले म तिर हेर्दै भन्यो। म केही बोलिन। यत्तिकैमा म तरकारी बजार पुगेँ र तरकारीको भाउ सोधेँ, “दाइ टमाटर ढकको कसरी छ?” पसलेले जवाफ दिन नपाउँदै मलाई पछ्याइरहेको व्यक्तिले भन्यो,”जोखेर”। कन्सिरीको रौँ ठाडो परेर आयो, साह्रै रिस उठ्यो, आफूले आफैलाई सम्हाल्नै सकिन, “तँ को होस्, अघिदेखि मेरो पिछा गर्ने अनि मेरा हरेक काममा बाधक बनेर खडा हुने भनेर एक झापड गालामा हानेँ।”
“मान्छे #लुरी भएपनि झापड चाहिँ मोटो रहेछ!” अझै जिस्क्याउन छोडेन। मलाई अझै रिस उठ्यो, “अब त हातले होइन यसलाई कुनै हतियार प्रयोग गरेर आज यहीँ मारिदिन्छु” भनेँ!
“मलाई मारेर तिमी जेल गएर बस्नु सट्टा बरू सँगै बसौं न!” अझै उसलाई ख्याल-ख्याल लागेछ र मलाई जिस्काइरहेको थियो।
जे पर्ला-पर्ला अब त यसलाई गोद्नै पर्यो भनेर, ढुङ्गा, इँटा जे छ खोज्न थालेको, पलङबाट झरेर भूईँमा पो पुगेछु ! हैट् सपना!!

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 3 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 7 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 9 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 11 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु