मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि. कोे ११ औ वार्षिक साधारण सभा तथा दशौं वार्षिक उत्सव सम्पन्न

Share it with you friends

राजाराम डंगोल, थाक्रे
११ असोज २०७६ ।

धादिङको थाक्रे गाउपालिका ६ महादेवबेशीमा मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि. ले ११ औ वार्षिक साधारण सभाका साथै दशौ वार्षिक उत्सव मनाएको छ। मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष उर्मिला रेग्मीको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा सहकारी को सचीव यसोदा विडारिले आर्थिक बर्ष २०७५ ७६ को प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष भगवती रेग्मीले आर्थिक बर्ष २०७५ ७६ को आर्थिक प्रतिवेदन राख्नु भएको थियो।


१ हजार १ सय भन्दा बढी सदस्य भएको सहकारीले गरेको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य भुमि प्रसाद त्रिपाठीको प्रमुख आथित्यता रहेको थियो। प्रमुख अतिथी समेत रहनुभएका त्रिपाठीले कार्यक्रम मा बोल्दै मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि. ले ११ औ वार्षिक साधारण सभा मनाउदा खुशी लागेको र सहकारी ले विभिन्न महिला हरुको लागि आर्थिक सामाजिक लगाएतमा उत्कृष्ट काम गरेको त्यस्तै आफ्नै ठाउमा विभिन्न कृषि देखि हस्तकला जस्ता काम गरेको भन्दै धन्यवाद दिनुका साथै नजिकिदै गरेको बिजया दशमीको शुभकामना समेत दिनुभयो।


विशेष अतिथी जिल्ला बचत तथा ऋण सहकारी संघ धादिङका बरिष्ठ उपाध्यक्ष सेस्कान्त कँडेलले पनि सहकारी का विभिन्न नियम हरु बताउदै यो उत्सव मनाउन सफल भएको भन्दै भोलिका दिन हरुमा पनि प्रगतिको कामना गर्नु भएको थियो।


नेकपा का नेता कृष्ण पन्थले पनि साधारण सभा मा आफ्नो मन्तव्य राख्नु हुँदै आफु र आफ्नो पार्टिले सदैब जुनसुकै काममा पनि सहयोग गर्ने बताउदै शुभकामना दिनु भएको थियो । सिड्स धादिङको कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले पनि आफू यस सहकारीको सदस्य भएको र आफुले जुन कुनै कामको लागि पनि सहकारी लाई सहयोग गरि अगाडि बड्ने बताउनुभयो । त्यस्तैै सहकारीको अध्यक्ष उर्मिला रेग्मिले सदस्यहरुको सल्लाह अनुसार भोलिका दिनहरुमा अगाडि बड्ने बताउनुभयो।

सो कार्यक्रममा संस्थापक सदस्य ,पुर्ब सञ्चालक ,कर्मचारी, त्यस्तै सहकारी लाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउँने संघ संस्था लगायत लाई सम्मान समेत गरेको थियो। उक्त कार्यक्रम मा प्रतिनिधि सभाका सदस्य भुमि प्रसाद त्रिपाठी, जिल्ला बचत तथा ऋण सहकारी संघ धादिङका बरिष्ठ उपाध्यक्ष सेस्कान्त कडेल , नेकपा का नेता कृष्ण पन्थ, वडा नम्बर ६ का वडा अध्यक्ष पुर्ण बहादुर कार्की ,वडा नम्बर ११ का वडा अध्यक्ष रबिप्रकाश ओझा, वडा नम्बर २ का वडा अध्यक्ष राजकुमार पौडेल ,वडा नम्बर ७ वडा अध्यक्ष रामकुमार बस्नेत, सिड्स धादिङका का कार्यकारी निर्देसक गोकर्ण रुपाखेती, थाक्रे शिक्षक संगठनका अध्यक्ष लावण फुयाल , विभिन्न सहकारीका प्रमुख, विभिन्न सस्थाका प्रतिनिधि , महिला सदस्यहरु , लगायत ६ सय भन्दा बढिको उपस्थिती रहेको थियो।

त्यस्तैै सोही कार्यक्रममा थाक्रे गाउँपालिका ६ का वडा अध्यक्ष पुर्ण बहादुर कार्किले उपचारको लागि थाक्रे ६ निवासी क्यान्सर पीडित सीता थापालाई ब्याक्तिगत नगद रु १० हजार सहयोग गर्नुभएको थियो।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 26 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते