दशैंको अवसर पारेर गल्छि गाउँपालिकाको बैरेनी बजारमा किराना पसलहरुको अनुगमन

Share it with you friends

१५ असोज २०७६, बुधबार ।

गल्छि- धादिङको गल्छि गाउँपालिकाको आयोजनामा बैरेनी बजारमा किराना पसलहरुको अनुगमन भएको छ । नेपालको संविधानले व्यवस्था गरे अनुसार स्थानिय तहले बजार अनुगमन गरेको हो । गल्छि गाउँपालिका उद्योग शाखाको संयोजनमा बजार अनुगमन गरिएको गाउँपालिको उपाध्यक्ष राधा तिम्लसिनाले बताउनुभएको छ ।

असोज १३ र १४ गते दुई दिन भएको बजार अनुगमनमा सर्वसाधारणहरुर्ले उपभोग गर्ने बस्तुहरुको अनुगमन गरिएको हो ।

नेपालीहरुको महान पर्व दशैं शुरु भएपछि दैनिक उपभोग गर्ने खाद्यन्य बस्तुहरुको अनुगमन गरिएको छ । बैरेनी बजारका ६२ व्यवसायिक फर्महरुको अनुगमन गरिएको छ । अनुगमनको क्रममा व्यवसायिक फर्महरु दर्ता तथा नविकरण, मूल्यसूची, सामानको म्याद नाघे ननाघेको अनुगमन गरिएको छ । दर्ता भई नविकरण नभएका पसलहरु लाई नविकरण गर्न आग्रह गरिएको तथा दर्ता नभएका फर्महरु लाई दर्ता गराउंन आग्रह गरिएको उपाध्यक्ष तिम्लसिनाले बताउनुभयो ।

कति पय पसलहरुका म्याद नाघेका सामानहरुलाई नष्ट गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो त्यसैगरी म्याद नाघेका सामान नराख्न पनि आग्रह गरिएको छ ।

अनुगमन कार्यक्रममा उद्योग शाखाका प्रमुख सरिता गौतमको संयोजनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिना, वडा नम्बर १ का वडा अध्यक्ष पूर्ण प्रसाद खतिवडा, वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठ, नि.प्रशासकिय अधिकृत बुद्धि प्रसाद भट्ट, प्रहरी चौर्की बैरेनीका प्रमुख जनक बस्नेत, कार्यालयका कर्मचारी लगायतको सहभागीता रहेको वडा अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते