दुई करोड ५० लाखको खसीबोका बिक्री

Share it with you friends

२२,असोज , २०७६ –    नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् ।
गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबँेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै रु दुई करोड ३० लाखको मूल्य बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमा किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको थियो ।

बडादशैँ शुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका बिक्री गरेको सहकारीका व्यवस्थापक सुशीला परियारले बताए । गाउँपालिकाको पहाडी क्षेत्रका किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको उनले बताए । सङ्कलन भएका खसी बोका स्थानीय बजारसँगै चितवन, पोखरा र काठमाडौँका व्यापारीले खरीद गरेको व्यवस्थापक परियारले बताए । उनका अनुसार सबैभन्दा धेरै खसीबोका चितवन निर्यात भएको छ । त्यसपछि पोखरा, काठमाडाै र स्थानीय बजारमा खपत भएको उनले बताए ।

सहकारीले सामान्य मुनाफा राखेर विगत पाँच वर्षदेखि कृषकबाट सङ्कलित खसीबोका बिक्री गर्दै आएको छ । यसले कृषकले उत्पादन गरेका खसीबोकाले सहजरुपमा बजार प्राप्त गरेका छन् भने मूल्यमा ठगिनबाट जोगिएका छन् ।

नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले समेत रु २० लाख बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले बडादशैँ लक्षित गरेर थालेको खसीबोका बिक्रीबाट रु २० लाख भित्राएको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष मञ्जु खनालले बताइन् ।

उनका अनुसार सहकारीले जिउँदो खसीको मासु प्रतिकिलोग्राम रु ४६० मा बिक्री गरिएकोे छ । किसानबाट रु ४५० मा खरीद गरी रु १० मात्र मुनाफा राखेर बिक्री वितरण गरिरको सहकारी अध्यक्ष खनालले बताए ।

यस्तै मध्यबिन्दु नगरपालिका–१२, तमासपुरस्थित अरुण ज्योति सामाजिक महिला उद्यमी सहकारीले पनि बडादशैँमा कृषकबाट खसीबोका सङ्कलन गरी बिक्री गरेका छ । सहकारीले सङ्कलन केन्द्र स्थापना गरी कृषकबाट खसीबोका सङ्कलन गरेर बिक्री गर्न थालेसँगै बाख्रापालन गर्ने कृषकलाई बजारीकरणको लागि सहजता भएको छ ।

  • Related Posts

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    धादिङ, ११ जेठ – धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा हाइटेन्सन विद्युतको लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएकी ६ वर्षीया बालिका साया श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका वडा नं. ८…

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    गल्छी गाउँपालिकाले विद्यालय समायोजन तथा व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै विभिन्न विद्यालय र बालविकास केन्द्र समायोजन गरेको छ । गाउँ शिक्षा समितिको २०८३ जेठ ८ गते बसेको बैठकको निर्णयअनुसार “सार्वजनिक…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 4 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 3 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 5 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 2 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन