रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति तिहारपछि मात्रै

Share it with you friends

२८ असोज २०७६, मंगलबार ।

चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नति तिहारपछि मात्रै हुने भएको छ । निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले दशैँ र तिहारको समयमा काम नगर्ने भन्दै आफ्नै देश फिर्ता भएको छ । कामले तिहारपछि निरन्तरता पाउने छ । टोलीले केही समयअघि सडक स्तरोन्नतिको सुभारम्भ गरेको थियो ।

चिनियाँ टोलीले ३९ महिनामा स्तरोन्नतिको काम सकाउने जनाएको छ । कालोपत्रेसहितको दुई लेनको सडक निर्माणका लागि ३ करोड ३९ लाख अमेरिकी डलर खर्च हुने छ ।यो सडकको लम्बाइ १५.८ किलोमिटर रहेको छ । यसैगरी साढे ८ मिटर चौडाइमा कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो ।

सडक स्तरोन्नति गर्नुअगाडि त्यहाँ रहेका विद्युतीय पोल, खानेपानी पाइप तथा त्यहाँ रहेका घर टहरा हटाइसक्नु पर्छ । दुई महिनाभित्र विद्युतीय पोल सार्न र संरचना हटाउन चिनियाँ टोलीले आग्रह गरेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 26 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते