धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न

Share it with you friends

०१  कार्तिक, २०७६   –   धादिङको धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न भएको छ २०७६ असोज २९ गते देखि शुरु भएको तालिम कार्तिक १ गते सम्म सन्चान्लन भएको थियो। कालिका आधारभुत बिधालय मा अध्यापन गराउने चार जना शिक्षकहरु सहभागी भएको तालीममा ओल नेपाल का कार्यक्रम तालीम सम्योजक शिशिर पान्डे र हेम शाही ले प्रशिक्षण दिनु भएको थियो । विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) बाट शिक्षण गराउन सुरु गरेपछि बिधार्थी हरुको पढाइ प्रभाब कारी हुदै गएको ले एक बर्ष पछि फेरी शिक्षक हरुलाई शिकाई अझ प्रभाब कारी होस् र बिधार्थी हरुलाई अध्यापन गराउन सजिलो होस् भन्ने उदेस्यले आधारभुत डिजिटल प्रविधि (ई–पाठशाला) तालिम दिइएको हो । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिकाई उपलब्धी दर बढाउन डिजिटल शिक्षण पद्धति सुरु गरिएको विद्यालयले जनाएको छ । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग गरिएको विद्यालयमा प्रधानाध्यपक शीवहरि रेग्मीले बताउनु भयो । ‘आधुनिक युगसँगै शिक्षालाई प्रविधिमैत्री प्रणालीबाट संचालन गर्नुपर्छ’, प्रधानाध्यपक रेग्मीले भने, ‘सामुदायिक विद्यालयहरूमा आधुनिक डिजिटल प्रविधिको प्रयोग गर्दै शिक्षाको गुणस्तर बढाउन र गुणस्तरीय शिक्षामा देखिएका असमानता हटाउने कक्षा सुरु गरेका हौँ ।’ व्याख्यात्मक विधिमै सीमित विद्यालयको पठनपाठनमा ई– पाठशालाले थप परिवर्तन हुने अपेक्षा गरिएको छ । एकीकृत सिकाइ तथा डिजिटल प्रविधिको उचित प्रयोग गर्दै विद्यालयमा २५ वटा ल्यापटप छ ।

यसरी ल्यापटप तथा सफ्टवेरको प्रयोग गरी अध्यापन गर्दा विद्यार्थी शिक्षण सिकाई क्रियाकलापमा उत्साहित भएको पाइएको प्रधानाध्यपक रेग्मीले बताए । समुदायबाट चन्दा उठाएर शिक्षकको तलब व्यवस्थापन गर्नुपर्ने अवस्था रहेका त्यस्ता विद्यालयका लागि आधुनिक प्रविधिको प्रयोग आकाशको फलझै भएको छ । कक्षा ४ सम्म पढाई हुने विद्यालउमा हाल ७२ जना विद्यार्थीहरु छन् । कम्प्युटरमा कक्षा १ देखि कक्षा ४ सम्म अध्यापन हुने सबै किताब नेपाली, अँग्रेजी, गणित लगायतका बिषयहरु रहेका छन् । प्रविधिमा विभिन्न विषयका डिजिटल सिकाई मोडलहरूको विकास गरिएको छ । बिद्यालयमा रहेको कम्प्युटर शिक्षणका लागि ५ जना शिक्षकले डिजिटल लर्निङ सम्बन्धि तालिम प्राप्त गरेका छन् । बिद्यार्थीहरुलाई सिकाई उपलब्धि बढोस् भन्ने उदेश्यले बिद्युतिय माध्यम प्रयोग आवश्यक रहेको शिक्षकहरुको भनाई छ । जिल्लामा शिक्षाको सार्थक परिणामका लागि स्थानीय सरकार तथा विभिन्न संघसंस्थाहरुले पनि चासो देखाएका छन् । साझा शिक्षा ईपाटी, इसीआईमोड र धादिङ ईटा उद्योग व्यवसायी संघको संयुक्त पहलमा विद्यालयमा डिजिटल शिक्षण सिकाई कार्यक्रम संचालन गरिएको थियो । एक वर्ष अगाडी अडियो भिडियो सहितको शिक्षण सिकाई प्रविधि स्थापना भएसंगै बिद्यालयका बिद्यार्थी र शिक्षकहरुमा खुशीयाली छाएको प्रधानाध्यपक रेग्मीले बताउनु भयो ।

 

 

 

n] atfpg’ eof] .

  • Related Posts

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    धादिङ, ११ जेठ – धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा हाइटेन्सन विद्युतको लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएकी ६ वर्षीया बालिका साया श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका वडा नं. ८…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 3 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 2 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 4 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 5 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 2 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन