पति र परिवारले रुखमा बाँधेर निर्घात कुटपीट गर्दा, सिंगो गाउँ रमिते बन्यो

Share it with you friends

काठमाडौं । केही दिन अघि कैलालीमा बोक्सीको आरोपमा एक युवतीमाथि निर्घात कुटपीट भयो । जसको तमाशा सिंगो गाउँ बन्यो । कसैले घटना रोक्न प्रयत्न भने गरेन, बरु उल्टै ताली बजाए । नेपालको यो घटना सेलाउन नपाउँदै छिमेकी राष्ट्र भारतमा पनि महिला माथि यस्तै हिंसा भएको खबर सार्वजनिक भएको छ ।
एक महिलालाई रुखमा बाँधेर निर्घात कुटपीट भएको छ । पीडाले महिला चिच्याउँदा चिच्याउँदा बेहोश भएर ढलिन । तर सिंगो गाउँ चुपचाप मुकदर्शक बन्यो ।
भारत उत्तर प्रदेशको यो घटना बुलंदशहर गाउँको हो । पीडित महिलामाथि पति र परिवारले शंका गर्दै कुटपीट गरेका हुन् ।

यो घटना गएको १० मार्चको हो । तर भिडियो अहिले भाइरल भएको छ । भिडियोमा महिलामाथि भइरहेको कुटपीट हुँदा गाउँले रमिते बनेको छ ।
बुलंदशहरका एसएसपी सिटी प्रवीण रंजनका अनुसार यी महिला घरबाट एक हप्ता हराइन । जब उनी फर्किएर आइन उनीलाई पति र परिवारका सदस्यले कुटपीट गरे ।
प्रहरीले घटनामा संलग्न पतिहित ७ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । पतिसहित दुई जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *