राष्ट्रिय समाचारस्थानीय

बन्द भएको बलेवा विमानस्थल २६ वर्षपछि अाजदेखि सुचारु

Share it with you friends

बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङकाे बलेवा विमानस्थल आजदेखि  सञ्चालनमा आएको छ ।

२६ वर्षपछि तारा एयरलाइन्सको ट्विनअटर विमानले अाज काठमाडाैं–बागलुङ  व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो ।

 

हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘विमानस्थल सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि सबै पक्षको सहयोगको खाँचो छ’, प्रमुख पौडेलले भने ।

उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए नगरपालिकाले भार व्यहोर्ने भएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रर्वद्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताए । विसं २०४८ मा बन्द विमानस्थल पछिल्लो समय गौचरणमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । विसं २०२२ मा निर्मित विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *