धुनिबेशी नगरपालिकाद्धारा भुवनेश्वरी माध्यमिक विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण ।

Share it with you friends

आइतबार १३ पौष २०७६- विद्यालय उमेर समुहका सवै छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम अनुसार धुनिबेशी नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा निशुल्क प्याड वितरण कार्यक्रम गरिएको हो ।

महिनावरी भएपछी विद्यालय छोड्ने दर बढेकाले यसको न्यूनिकरणको लागि नेपाल सरकारले कुनै पनि किशोरीहरुले विद्यालय नछोडुन भन्ने उद्धेश्यका साथ निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको हो । धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य तथा उपप्रमुख निरु खरेलले विद्यालयमा उपस्थित भई किशोरीहरुलाई विद्यालय समयमा समस्या नहोस र उनिहरुले कक्षा छाडेर हिड्न नपरोस भन्दै विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा धुनिबेशी नगरपालिकाका उपसचिब सुजनराज खनाल तथा शिक्षा शाखा प्रमुख विकास खत्री , स्वास्थ शाखा प्रमुख शिबहरी भट्ट, वडा नं. ५ का वडा अध्यक्ष कृष्णकुमार रेग्मी लगायतको उपस्थिती रहेको थियो । सरकारले छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण कार्य सुरु गर्नु स्वागत योग्य काम त हो तर यसको ब्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक छ । विद्यालयमा सेनेटरी प्याड वितरण सगै यसको ब्यवस्थापनको लागि छात्रामैत्री शौचालय पनि हुनु आवश्यक देखिन्छ । प्याड वितरण सँगै प्रयोग भइसकेका प्याडको ब्यवस्थापन पनि उत्तिकै जरुरी छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते