अम्फान आँधीका कारण बंगलादेश र भारतका दशौँ लाख व्यक्ति विस्थापित

Share it with you friends

एजेन्सी, ७ जेठ । बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि दशौँ लाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ ।

ती स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । विशेषगरी भारतको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ । बंगालको खाडीबाट सुरु भएर भारतको पूर्वी तटीय क्षेत्रमा यसको असर पर्ने बताइएको थियो ।

बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपछि मंगलबारदेखि नै यहाँको जनजीवनमा त्रास फैलिएको थियो ।

आज बंगलादेश र भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालेका थिए । यसबाट दशौँलाख व्यक्ति प्रभावित भएका छन् ।

तर पनि अहिलेसम्म यसबाट पुगेको कुनै मानवीय तथा भौतिक क्षतिको समाचार भने आएको छैन ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते