धुनिवेशी स्वास्थ्य कार्यलयका २ जनामा आरडिटी पोजेटिभ
धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाको स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) मा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
बिहिबार स्वास्थ्य कार्यलयमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी २० जनाको आरडिटी परिक्षण गरिएको थियो । जसमध्य २ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । आरडिटी पोजेटिभ देखिएकाहरुको पीसीआर परिक्षणका लागि भोली स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइने स्वास्थ्य कार्यलय धुनिवेशीका प्रमुख ध्रुब अधिकारीले जानकारी दिनुभयो ।
नमुना संकलन गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र क्वारेन्टाईनमा राखिएको छ ।
