थाक्रे गाउपालिका ९ नम्वर वडा कार्यालय भवनकाे शिलन्यास
९ जेष्ठ ,२०७७ । धादिङ जिल्ला थाक्रे गाउपालिकाकाे ९ नम्वर वडा कार्यलय भवनकाे शिलन्यास गरिएकाे छ ।
४० लाखकाे लागतकाे लागतमा थाक्रे गाउँपालिका वडा नम्वर ९ मा निर्माण हुन लागेकाे भवनकाे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले भवनको शिलन्यास गर्नु भएको हो । साविकमा रहेकाे केवलपुर गाविस को भवनमावाट नै वडा नम्वर ९ र १० को कार्यालय एवं कामकाज संचालन हुदै आएकाे थियाे ।
गाउँपालिकाकाे आन्तरीक श्राेतवाट निर्माण हुन लागेकाे भबनकाे ६ महिनाभित्रमा निर्माण गरसक्ने लक्ष्य गाउँपालिकाले लिएकाे छ ।
विश्वभरि महामारीकाे रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९ )को कारण काम गर्न असहज भएपनी सामाजिक एवं भाैतिक दुरी समेतकाे ख्याल गर्दै बिकास निर्माणाकाे काम सुरू गरिएकाे पालिकाका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयाे ।
भवन शिल्यान्यास कार्यक्रममा पालिका उपाध्यक्ष अम्बिका रुपाखेती, वडा नम्बर ९ का अध्यक्ष दिल बहादुर भुजेल, गाउँपालिकाका सदस्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।
