धुनिवेशी नगरपालिकाको स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा पिसिआर रिपोर्ट नेगेटिभ

Share it with you friends

राजाराम डंगोल धुनिबेशी । १४ जेष्ठ २०७७-   धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नम्वर ९ मा रेहकाे  स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा पिसिआर रिपोर्ट नेगेटिभ देखिएकाे छ।

केहि दिन अघि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) गर्दा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

आरडिटी परीक्षण गर्दा पोजेटिभ  देखिएपछी २ जना स्वास्थकर्मी को पिसिआर परिक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको थियो  ।

आरडिटी पाेजेटिभ देखिएपछी  दुवै जनालाई  क्वारेन्टाईनमा  राखिएको थियो भने वडा नम्वर ९ काे स्वास्थ्य कार्यलयवाट प्रदान गरिदै आएकाे स्वास्थ्य सेवा समेत बन्द गरिएकाे थियाे ।

पिसिआर रिपाेर्ट नेगेटिभ आएकाे र  उँहाहरुको स्वास्थ्य अवस्था  सामान्य रहेकोले  बुधबार क्वारेन्टाइनबाट घर पठाइएकाे र आइतबार बाट नियमित स्वास्थ्यसेवा सुचारू हुने स्वास्थ्य कार्यलय धुनिवेशीका हेमन्त सुवेदीले देश विकास डटकमलाइ जानकारी दिनुभयाे ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *