एकै दिन १ सय १४ जना सङ्क्रमित, कहाँका हुन त उनीहरु ?
नेपालमा बुधवार एकै दिन १ सय १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जसमध्य ८ जना सप्तरीको बोदेबसाईन नगरपालिकाका छन् । सप्तरीकै बालनविहुलका २ जना र सप्तरीकै सुरुङाका एक पुरुष छन् । यस्तै कोसी अस्पतलामा गरिएको परीक्षणमा १७ जना सङ्क्रमित भेटिएका छन् ।
जसमा झापाको गौरादहका २ जना, झापाकै कचनकवलका १५ जना रहेका छन् । यस्तै हेटौडाको किटजन्य प्रयोगशाला केन्द्रमा भएको परीक्षणमा ८ जना सङ्क्रमित भेटिएका छन् ।
जस्मा हेटौडा उपमहानगरपालिकाका १ जना, रौतहतको गढिमाइ नगरपालिकाका ७ जना रहेका छन् । पोखराको प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा वाग्लुङको तमानखोलाका ४ जना र वडिगाडका २ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उनीहरुमध्य रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाका ३ जना, दाङको घोराहीका ७ जना र दाङकै लमहीका ८ जना रहेका छन् । यस्तै भेरी अस्पतालमा गरिएको परिक्षमा थप १६ जना भेटिएका छन् ।
जसमध्ये बाँके डडुवाका २, राप्ती सोनारीका ७ जना, बाँकेकै बैजनाथका ६ जना र खजुरा गाउँपालिका १ जना रहेका छन् ।
