कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली बेहोस्

Share it with you friends

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ ।

छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो ।

हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । निकाहभन्दा अगाडि बेहुलीका लागि महिलाले महर्दन दिने चलन । बेहुलीका लागि सुनका गहना, लत्ताकपडालगायत सामान दिनुलाई महर्दन भनिन्छ । तर महर्दनका कारण भनेजति सुन बेहुला पक्षले नल्याएकाले विवाह नै रोकिएको छ ।

अन्नपूर्ण लेख्छ– खुसीयाली छाइरहेका बेला माहोल बदलियो । जन्तीहरुबीच भागभाग मच्चियो । केहीले खाना खाए, केही नखाइ घर भागे । विवाह रोकिएपछि सम्जिला बेहोस् भइन् । उनलाई तत्काल अस्पताल भर्ना गरियो ।

बिहे रोकिएपछि बेहुला पक्षसँग दाइजो फिर्ता र खर्च भएको रकम बेहुली पक्षले मागेको थियो । जन्तीलाई राति नै बिदाइ गरिएको स्थानीय बताउँछन् । खर्च रकम र दाइजो फिर्ता लिन बेहुली पक्षले बेहुला, उनका बुवा र ठूलो वुवालगायत पाँच जनालाई रोकेर राखेको थियो । रातभर छलफल भए पनि विवाद प्रहरी कार्यालयमा पुगेको समाचारमा उल्लेख छ ।

अन्नपूर्णका अनुसार लहान प्रहरी कार्यालयमा नमिलेको विवाद बेहुला पक्षले बेहुलीका बुवालाई एक लाख ८५ हजार रुपैयाँ तिरेपछि मिलेको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 4 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते