धुनिबेशी नगरपालिका ६ तल्लो बाँनियाटारमा खानेपानी डिप बोरिंगको शुभारम्भ
राजाराम डंगोल धुनिबेशी,
२४ असार, २०७७। धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नम्बर ६ तल्लो बाँनियाटारमा खानेपानी डिप बोरिंगको शुभारम्भ गरिएको छ । चालिसे धार्के बजार खानेपानी आयोजनाको एक घर एक धारा कार्यक्रम अन्तर्गत २ लाख ५० हजार लिटरको पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । ट्यांकी २० लाख रुपैयामा निर्माण सम्पन्न भएको हो । प्रदेश सरकार डिभिजन खानेपानी कार्यालय धादिङ बाट पाइप उपलब्ध भइ पाइप गाड्ने कार्य समेत सम्पन्न भएको समितिले जनाएको छ ।
प्रदेशबाट थप २० लाख रुपैयाबाट डिप बोरिंग को सुरुवात गर्न लागिएको चालिसे धार्के बजार एक घर एक धारा उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र आचार्यले जानकारी दिनुभयो ।

एक कार्यक्रमका बीच गरिएको डिपबोरिंग शुभारम्भमा बोल्दै धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य ले नगरपालिका को पहिलो प्रथामिकता भनेको खानेपानी रहेको हुँदा खानेपानीको काम पनि भइरहेको र बाँकि भएको ठाउमा पनि छिट्टै एक घर एक धारा को व्यबस्था मिलाइने र यस कार्यमा सबैले सहयोग गर्न समेत आग्रह गर्नु भयो ।

पूर्व स्थानीय विकाश मन्त्रि एंव प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले धुनीबेशी नगरपालिकालाइ यस पालि पनि बिभिन्न शीर्षकमा प्रदेश सरकारबाट रकम परेको र यस क्षेत्र लाइ आफुले सक्दो सहयोग गरिरहेको र भोलिका दिनहरुमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो।

डिप बोरिंग शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल , भिभिन्न वडाका वडा अधक्ष्यहरु ,सदस्य हरु भिभिन्न सस्थाका प्रतिनिधि पार्टी प्रतिनिधि स्थानीय लगाएत को उपस्थिति रहेको थियो ।


