बेलायतको कूल गार्हस्थ उत्पादन अगस्टमा पनि वृद्धि, अझै महामारीपूर्वको तहमा पुग्न सकेन

Share it with you friends

लण्डन, २३ असोज । बेलायतको कूल गार्हस्थ उत्पादनमा अगस्टसहित लगातार चौथो महिनामा वृद्धि देखिएको छ ।

घरेलु उत्पादन सुचकाङ्कमा वृद्धि देखिएको भएपनि अझै महामारीपूर्वको अवस्थामा भने आइनसकेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार जनाएको छ ।
तथ्याङक अनुसार बेलायतको कूल गार्हस्थ उत्पादन अगस्टमा २.१ प्रतिशतले बढेको तर यो जुलाईको ६.४, जुनको ९.१ र मेको २.७ प्रतिशतभन्दा कम रहेको छ । देशमा लकडाउनका उपायहरूलाई थप सहज बनाउँदै जाँदा कूल गार्हस्थ उत्पादनमा पनि वृद्धि भएको हो ।

‘जीडीपीमा निराशाजनक २.१ प्रतिशत वृद्धि (यो महिनाका लागि पूर्वानुमान गरिएको ४.६ प्रतिशत) भन्दा कम भएका कारण आर्थिक क्रियाकलापमा प्रारम्भिक वृद्धिको अनुमानभन्दा बाहिर गइरहेको छ भन्ने प्रमाण थप गर्दछ,’ लन्डनस्थित आर्थिक विश्लेषण फर्म क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री रुथ ग्रेगरीले भने ।

लगातार वृद्धि भए पनि, अगस्टमा उत्पादनको स्तर फेब्रअरी २०२० मा देखिएको स्तरको तुलना अर्थात् कोरोनाभाइरस महामारीको पूर्ण प्रभाव अघिभन्दा ९.२ प्रतिशत कम रहेको उक्त कार्यालयले जनाएको छ ।

फेब्रुअरीको कूल गार्हस्थ उत्पादनकोे तुलनामा अगस्टमा ।सेवाहरू, उत्पादन र निर्माण सबै क्षेत्रहरूमा व्यापक रूपमा गिरावट देखिएको छ । बेलायतमा महामारीपूर्वको तुलनामा सेवा, उत्पादन र निर्माणमा क्रमशः ९.६ प्रतिशत, ८.५ प्रतिशत र १०.८ प्रतिशतको गिरावट देखिएको छ ।

आउँदो महिनाहरूमा आर्थिक सम्भावनाको पूर्वानुमान गर्दै विश्लेषकहरू यसलाई बेलायतले सामना गर्नुपर्ने चुनौतीपूर्ण समस्या बताएका छन् । उनीहरूले महामारीको पुनः आगमनबीचमा अरु प्रतिबन्धहरू लाग्ने अनुमान गर्दै यसका कारण आर्थिक गतिविधि प्रभावित बन्ने बताएका छन् । सिन्ह्वा

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा