जीवनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न

Share it with you friends

धार्के धादिङ,

धुनिवेशी नगरपालिका वडा नं ४ जीवनपुरमा रहेको जीवनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार संस्थाका अध्यक्ष राजेश कुमार रुचालको अध्यक्षता, नेपाल कृषि सहकारी केन्द«ीय संघ, साना किसान विकाश लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष एवं सहकारी महासंघ नेपालका सञ्चालक सदस्य खेम बहादुर पाठकको प्रमुख आतिथ्यता एवं धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं सहकारी महासंघ नेपालका सञ्चालक सदस्य खेम बहादुर पाठकले शेयरधनीहरु नै सहकारीको सबैभन्दा ठुलो हिस्सा भएकाले सहकारीप्रति विशेष चासो दिन शेयरधनीहरुलाई आग्रह गर्नुभएको छ । आफ्नो मिहेनतको धन सहकारीमा राख्दा आफुले पनि सहकारीबाट कसरी फाईदा लिन सकिन्छ त्यसबारे पनि चासो देखाउन आग्रह गर्नुभएको छ । साथै सहकारीले सधैव शेयरधनीको हकहितकै लागी काम गर्नुपर्ने कुरामा समेत उहाँले जोड दिनुभयो ।

त्यसैगरी धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सहकारीमा आवद्ध शेयर सदस्य किसानहरुको समृद्धका लागि यस सहकारीले काम गर्नुपर्ने बताउनुभयो । किसानहरुका समृद्धि र विकाशका लागि हातेमालो गर्दै अघि बढ्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा विकाशका पुर्वधारमा बजेट विनियोजन गर्दै नगरको समृद्धिका लागि योजनावद्ध तरिकाले काम गरिरहेको उहाँको भनाई छ । साथै कार्यक्रममार्फत नै नगरप्रमुख आचार्यले जीवनपुर साना किसान कृषि सहकारी संस्थाको भवन निर्माणका लागी प्रदेश सांसद विकाश कोषबाट ३० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सहकारीले विभिन्न योजना सहितका कार्यक्रम मार्फत शेयर सदस्यलाई कृषि, व्यवशाय तथा आयआर्जनमा सहयोग गर्दै आएकोे संस्थाका राजेश कुमार रुचालले बताउनुभयो । यस संस्थाका शेयर सदस्यहरुको आर्थिक विकास र सामाजिक विकास गर्ने खालका विभिन्न योजना सहितका प्रयासहरु भैरहको उहाँको भनाई छ । संस्थाले सहुलियत दरमा मलखाद, विउविजन वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

संस्थामा हाल १ हजार ८ सय ९३ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । धुनिवेशी नगरपालिका वडा नं. ३, ४ र ५ मा रहेका साना किसान सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सफल संस्थाको रुपमा विकाश हुदै आएको छ । विभिन्न संघ संस्थाहरुको सहकार्यमा दिगो विकासका लक्ष्यहरु निर्धारण गरि किसानहरुकै हकहितका लागी काम गर्दै आएको संस्थाका प्रवन्धक रमेश प्रसाद रुपाखेतीले बताउनुभयो । संस्थाले ऋण लगानी मात्र नभएर उद्यामशिलता बनाउने खालका कार्यक्रम गरिरहेको उहाँको भनाई छ ।

संस्थाको आर्थिक वर्ष २०७७÷०७८ मा कुल आय २ करोड ३ लाख ५५ हजार रुपैँया रहेको छ भने कुल व्याय १ करोड ४७ लाख ९७ हजार रुपैँया रहेको छ । त्यसैगरी संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा ५५ लाख ५८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

कार्यक्रममा बाग्मती प्रादेशिक कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक, धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द« आचार्य, धुनिवेशी नगरपालिकाभित्र रहेका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु एवं हास्य कलाकार पुरुषोत्तम भण्डारीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उत्कृष्ठ शेयर सदस्यहरुलाई र राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार तथा कृषि तारा अर्वाड २ द्धारा सम्मानित युद्ध प्रसाद न्यौपानेलाई सम्ममान गरिएको छ । यस सहकारी संस्थाले सहुलियत दरमा ऋण प्रदान गर्दै आएको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते