धुनिबेशी नगरपालिकाका पशु वस्तुमा खाेरेत रोग पुष्टि, पशुविज्ञद्वारा अनुगमन

Share it with you friends

धादिङ जिल्लाको धुनिबेशी नगरपालिकाका पशुबस्तुमा खोरेत रोग देखा परेको छ ।
नगरको विभिन्न वडाबाट कृषकहरुले आफ्नाे पशुवस्तु विरामी भएको भनि पशु सेवा शाखामा खवर गरेपछि शाखाले पशुस्तुको रोग पहिचानका लागि नमुना संकलन गरि खोरेत तथा सिमाविहिन पशुरोग अन्वेषण प्रयोगशालामा परिक्षण गर्दा खोरेत रोग लागेको पुष्टि भएको हो ।
कृषकहरुको पशुवस्तुमा खोरत रोग पुष्टि भएसंगै धुनिबेशी नगरापलिका पशु विकास शाखाको समन्वयमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङका प्रमखु डाक्टर सन्दिप सिलवालको टोलीले आइतबार नगरपालिकाको वडा न. ५ ढकालखोलमा आकस्मिक निरिक्षण र पशुवस्तुकाे  उपचार गरेको छ ।

अनुगमनका क्रममा ढकालखोला क्षेत्रमा पालिएका अधिकांस पशुहरुमा ज्वरो आउने, र्‍याल चुहाउने, लंगडाउने दुधालु गाई, भैसीको दुध उत्पादन घट्ने मुख र खुरको कापकोे साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको साना साना फोकाहरु देखिने जस्ता लक्षणहरु देखीएको छ भने ब्याउने पशुहरु तुहिने र साना बाच्छाबाच्छी, पाडापाडी तथा पाठापाठीहरु मर्ने समेत गरेको पाईएको छ ।
अनुगमन टोलीले संक्रमित क्षेत्रमा पशुवस्तुको खोर वरिपरि निसंक्रमण गरेकाे छ भने रोगी पशुस्तुको उपचारका लागि प्रयोग हुने औषधिहरु समेत वितरण गरेको छ ।

टोलीले पशुवस्तुमा खोरेत रोग फैलुनुको कारणका बारेमा कृषकहरुलाई जानकारी दिदै रोगी वा रोगाणुबाहक जनावरको आवतजावत नगराउन, गाई, भैसी, खसी, बोका, रांगो, गोरु र बंगुरको अनियन्त्रित ओसारपसार नगर्न धेरै घरका पशुबस्तु एकै स्थानमा नचराउन आग्रह गरको छ । साथै रोगी जनावरसंगको संपर्क हुंदा हात, कपडा तथा अन्य माध्यमबाट पनि सर्ने भएकोले पि.पि.ई.लगाउने र एक गोठबाट अर्को गोठमा जानु पर्दा डिसिन्फेक्टेन्ट जस्तै २० प्रतिशत साईट्रिक एसिडको झोलले खोर गोठ वरिपरि निसंक्रमीत गर्न समेत आग्रह गरेको छ ।

अनुगमन कार्यक्रमा धुनिबेशी नगपालिका पशु सेवा शाखाका प्रमुख टंक कटुवाल, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङका प्रमखु डाक्टर सन्दिप सिलवालका साथै भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका दिनेश ढकाल लगायतको संलग्नता रहेको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते