Breaking Newsराष्ट्रिय समाचार

आज रत्नपार्कमा काग सम्मेलन हुँदै

Share it with you friends

काठमाण्डौ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते (आज) आइतवार बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो । सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम छ ।
दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताउनुभयो । विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लाग्नुभएको हो । काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ। कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *