काठमाण्डौ । काठमाण्डौ स्थित टुकुचा खोलाको सुरूङ उत्खनन् गर्न नपाउने पुरातत्व विभागले निष्कर्ष निकालेको छ । पुरातत्वविद् भाष्कर ज्ञवालीको संयोजकत्वमा बनेको विज्ञ समितिले टुकुचाको संरक्षण गर्नुपर्ने भनी प्रतिवेदन बुझाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । ‘समितिले बुझाएको प्रतिवेदनमा महानगरले टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने र त्यसलाई संरक्षण गर्नुपर्ने जनाइएको छ’, उहाले भन्नुभयो । समितिले हाल टुकुचा संरक्षण गर्नुपर्ने उल्लेख गरेको छ ।
‘टुकुचा सुरूङ राणाकालीन समयमा बनेको संरचना हो,’ उहाले भन्नुभयो, ‘हाल उक्त संरचना संरक्षण गर्नुपर्छ । अझ यसको थप विस्तृत अध्ययन गर्नुपर्छ ।’ काठमाण्डौ महानगरपालिकाले टुकुचा खोला क्षेत्रमा डोजर चलाएका सबै ठाउँको स्थलगत भ्रमण गरी भौतिक अध्ययन गरेको थियो । काठमाडौं महानगरपालिकाले सय वर्षभन्दा पुरानो पुरातात्विक सम्पदा कसैले पनि भत्काउन–बिगार्न नपाइने कानुनविपरीत जथाभावी डोजर चलाउन थालेपछि पुरातत्व विभागले विज्ञ समिति गठन गरेर अध्ययन गरेको थियो ।

टुकुचा सुरुङ उत्खनन् गर्न नपाइने पुरातत्व विभागको निष्कर्ष
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply