धादिङ । धादिङ जिल्लामा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार जिल्लाका १ हजार ३४ जना पुरुष र ८ सय ८७ महिला गरी कुल १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।
डेंगी संक्रमित विरामीको पालिकागत विवरण अनुसार नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १२ सय ११ संक्रमित रहेका छन भने गजुरीमा १०६ जना रहेका छन् । यसैगरी धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस्तै गल्छीमा ८३, ज्वालामुखीमा ७७, त्रिपुरासुन्दरीमा ७२, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ५०, गंगाजमुनामा २७, थाक्रेमा १८, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा १२, र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यसैविच सोमबार मात्र धादिङका थप २२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ११ जना पुरुष र ११ जना महिला गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।

धादिङमा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुग्यो
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply