विकासको जिम्मा एमालेले लिन्छ केपि ओली

Share it with you friends

धादिङ । देश विकासको जिम्मा नेकपा एमालेले लिने नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । विकास र समृद्धि एमालेको संकल्प भएको भन्दै अध्यक्ष ओलीले एमालेले बोलेका कुराहरु पुरा गर्ने पनि बताउनुभयो । यसको लागि आगामी निर्वाचनमा एमालेले जित्नु पर्ने आवश्यकता रहेको पनि उहाले बताउनुभयो ।
नागढुँगा सुरुङमार्गको स्थलगत अवलोकन गर्न आइतबार धादिङ स्थित खत्रीपैवा आइपुग्नु भएका नेकपा एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । सो क्रममा उहाले धादिङको विकासका लागि एमालेले जित्नै पर्ने पनि बताउनुभयो । सो क्रममा उहाले आफु प्रधानमन्त्री भएको बेला शुरु गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ मार्गको युगमा प्रवेश गरेको बताउनुभयो ।
चिनदेखि भारत जोडिने अन्तार्राष्ट्रिय राजमार्ग समेत धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकोले विकासको यो निर्माण गर्ने जिम्मा एमालेले लिएको बताउँर्दै अध्यक्ष ओलीले एमाले बाहेक अरुले विकासको काम गर्न नक्ने दावी गर्नुभयो । अर्को प्रसगमा बोल्दै ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताउनुभयो । एमाले अध्यक्ष ओलीको स्वागतका लागि आयोजित कार्यक्रममा ओलीले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सदस्य भुमी त्रिपाठी र क्षेत्र नम्बर १ को (१) को प्रदेस सभा सदस्यमा रमेश आचार्य रहेकोले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह समेत गर्नु भयो । सो कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार भुमी त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यका उम्मेदवार रमेश आचार्य लगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *