डोटीमा भूकम्प ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

Share it with you friends

डोटीमा केन्द्रविन्दु भएर मध्यरातमा ६.६ म्याग्निच्युड अर्को भूकम्प पनि गएको छ । भूकम्पका कारण घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर मङ्गगलबार मध्यरातको २ बजेर १२ मिनेटमा भूकम्प गएको हो । भूकम्पले ग्रामीण भेगका धेरै घर भत्किएका छन् । यद्यपी मध्यरातमा भूकम्प गएका कारण क्षतिको पूरा बिबरण आउने क्रममा रहेको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *