समानुपातिकबाट समावेशी कसरी ?

Share it with you friends

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ । जारी गणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ ।
समानुपातिक मतगणना जारी रहँदा बन्दसूचीमा परेकालाई दलको सिट र सम्भावित प्रतिनिधित्वको बहसले छोएको छ । दलले ल्याउने मतका आधारमा प्रतिनिधित्व सुनिश्चित हुने हुँदा सूचीमा रहेका उम्मेदवार परिन्छ वा परिन्न भनेर मत तालिका विश्लेषण गरिरहेका छन् । अघिल्लो पटकजस्तै यस पटक पनि प्रत्यक्षमा कम महिला निर्वाचित भएपछि समानुपातिकबाटै संवैधानिक व्यवस्था पूर्तिको बाध्यता छ । जसकारण समानुपातिक बन्दसूचीका खसआर्यतर्फ पुरुष समूहका रहेका धेरैलाई गणना चासोको विषय पनि छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा नियमावलीको व्यवस्थाअनुसार समानुपातिकतर्फको गणना सकिएपछि सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूको सिट विभाजन निर्वाचन आयोगले गर्नेछ । विभाजन अनुसार दलहरूले बन्दसूचीमा रहेकामध्येबाट समावेशी प्रतिनिधित्व पूरा गर्ने गरी उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने छन् । यसअघिको बुझाएको रोलक्रम अनुसार नै दलहरूले उम्मेदवार सूची बुझाउनुपर्नेछ । तर त्यसका लागि राष्ट्रिय सभामा भएको प्रतिनिधित्वसमेत हेर्नुपर्नेछ ।
संविधानको धारा ८३ ले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई सङ्घीय संसद् मानेको छ । धारा ८४ (८)ले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलले कुल सदस्यको एकतिहाइ महिला प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै समावेशी व्यवस्था सङ्घीय संसद्को दुवै सदनको सङ्ख्याअनुसार हुने कानुनी व्यवस्था छ । मत परिणाम सार्वजनिक भएपछि आयोगले सिट सङ्ख्या निर्धारण र महिला प्रतिनिधित्व सङ्ख्यासमेत यकिन गरेर दललाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ६०(४) मा भनिएको छ “…दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरेपछि आयोगले त्यस्तो दलका तर्पmबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित गर्नुपर्ने महिलाको सङ्ख्यासमेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउनुपर्नेछ ।”
यसरी दलहरूले सङ्ख्या तय गर्दा राष्ट्रिय सभाको समीकरणसमेत गणना हुनेछ । हालसम्मको गणनाअनुसार प्रत्यक्ष निर्वाचनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ५६ सिट जित्ने अवस्था छ । यस्तै सोमबार साँझसम्मको मतपरिणाम अनुसार समानुपातिकमा ३३ सदस्य पाउने सम्भावना छ । यसअनुसार दुवै गरेर ८९ सदस्य हुन्छन् । अब ८९ र राष्ट्रिय सभामा हाल कायम १० समेत गरी ९९ सदस्य कांग्रेसमा हुन्छन् । जसको ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । ९९ को ३३ प्रतिशत ३३ जना नै हुन्छ ।
अब समानुपातिक सूची बुझाउँदा राष्ट्रिय सभामा कायम र प्रतिनिधि सभामा निर्वाचित सदस्य हेरिन्छ । कांग्रेसमा अहिले राष्ट्रिय सभामा तीन सदस्य छन् र प्रतिनिधि सभामा एक सदस्य छन् । दुवै गरेर चार जना हुन्छन् । अब ३३ प्रतिशत पु¥याउन आवश्यक ३३ जनामा चार घटाएपछि २९ जना महिला अनिवार्य रूपमा पठाउनुपर्छ । यदि दलले ३३ सिट नै पाएमा २९ पछिका चार सदस्य भने समूहको प्राथमिकताका आधारमा पुरुष पठाउन सक्छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते