काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकार र लोकतन्त्र अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताउनुभएको छ । आयोगद्वारा तयार गरिएको २०७८–७९ को वार्षिक प्रतिवेदन आज बुधबार बुझ्नु हुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
मानव अधिकार शिक्षा र संस्कृतिको विकासका लागि आयोगले शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताउनुभयो । सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवर्धनसम्बन्धी १७१ कार्यक्रम सम्पन्न भएको जानकारी गराउनुभएको थियो । मलेसियामा रहेका आप्रवासी कामदारको अधिकार संरक्षणका लागि आयोगले मलेसियाको मानव अधिकार आयोगसँग समझदारीपत्रमा हस्ताक्षर गरेको, प्रेस विज्ञप्ति तथा प्रेस नोटमार्फत मानव अधिकार उल्लङ्घनका घटनामा नेपाल सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको उहाँले जानकारी गराउनुभयो ।
प्रतिवेदनमा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरूलगायत मानव अधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्ष भरी भएका कामको विवरण समेटिएको प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार प्रतिवेदन अवधिमा आयोगमा मानव अधिकार उल्लङ्घनका १०१ उजुरीहरू दर्ता भएका छन् । मानव अधिकारसँग सम्बन्धित विषयमा २२१ पटक अनुगमन भएको आयोगले जनाएको छ । आयोगले पुराना र नयाँ गरी ५०३ उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ ।
त्यस्तै, आयोगको सिफारिसको कार्यान्वयन अवस्था १५.३ प्रतिशत पूर्ण कार्यान्वयन, ३९.२ प्रतिशत आंशिक र ४५.५ प्रतिशत सिफारिस कार्यान्वयन हुन बाँकी रहेको उल्लेख छ । प्रतिवेदन बुझाउने क्रममा आयोगका सदस्यहरू, का.मु. सचिव, सहसचिवलगायत आयोगका कर्मचारीहरूको उपस्थिति रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

मानव अधिकार र लोकतन्त्र अवलम्बनमा नेपाल उच्च स्थानमा
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply