पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उ्दघाटन

Share it with you friends

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उ्दघाटन गर्नुभएको छ । पोखराको विमानस्थल परिसरमा आइतवार आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो ।
समारोहमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री, सांसद, चीन सरकारका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । उद्घाटनअघि हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभइ सिङ्गै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभयो । विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले विमानस्थललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु देशकै लागि गौरवको विषय रहेको उल्लेख गर्दै अब विमानस्थलको सञ्चालन र पोखराको विविध क्षेत्रको विकासमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको ठूलो पहल तथा विभिन्न सरकारले गरेको मेहनतले गर्दा विमानस्थलको निर्माण सम्पन्न भएको बताउनुभयो । यो विमानस्थलमा नेपालमै अहिलेसम्म नभएका प्रविधि र उपकरण जडान गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा विमानस्थल निर्माणमा योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनकै दिन आज भने कुनै पनि अन्तर्राष्ट्रिय उडान भएनन् । प्रधानमन्त्री प्रचण्ड नै आन्तरिक उडानको जहाजबाट पोखरा पुग्नुभएको थियो ।
चीनको एक्जिम बैङ्कको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विक्रम संवत् २०३२ सालमा जमिन अधिग्रहण गरे पनि २०७३ मा शिलान्यास गरिएको विमानस्थलको २०७४ देखि निर्माण कार्य सुरु भएको थियो । योसँगै पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते