काठमाडौं, । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्नु भएको छ । अध्यक्ष ओलीले सत्तारुढ दलबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको समेत स्पष्ट पार्नुभयो । सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे प्रतिक्रिया दिनुभएन ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘‘एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा। नेकपा (एमाले)ले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो। यसमा राष्ट्रिय सहमति हुनुपर्छ। एमालेको राष्ट्रपतिको उम्मेदवारबारे पछि भनौला ।’’ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिँजडा देख्नु अशुभको संकेत भएको बताउनु भयो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडा भित्र राख्न खोजेको टिप्पणी गर्नु भएको थियो । शर्माको सो अभिव्यक्तिलाई ओलीले अशुभको संकेतको रुपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मानव समाज विभिन्न बन्धनबाट बाँधिएको हुन्छ । सामाजिक बन्धन हुन्छन् । इमानका बन्धन हुन्छन् । धर्मका बन्धन हुन्छन् । बाचाका बन्धन हुन्छन् । प्रचलनका बन्धन हुन्छन् । यी बन्धनबाट समाज बाँधिएको हुन्छ । संविधानबाट बाँधिएको हुन्छ । संविधान आवधिक कुरा हुन्छ । तर, सामाजिक प्रचलन, बाचा, बन्धन, नैतिक बन्धन आदि कुराहरुको बन्धन चाहिँ स्थायी बन्धन हुन्छन् । यो समाजले लामो समय लगाएर बनाएको हो । त्यसकारण फुक्काफाल मन पराउने, जसो गरे पनि हुने, कार्यकारीमा भोट दिन मिल्ने, पार्टी छानीछानी भोट दिन मिल्ने, अर्को पार्टीको विरोध गर्नुपर्ने, सरकारको समर्थन गर्ने, सरकारमा हिस्सेदारको विरोध गर्ने यस खालका कुरा संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनियो । मैले पहिले भनेको कुरा पनि उल्लेख गरेको सुनियो । संयन्त्र बन्नु पर्दैन । यो बेलगाम चल्ने कुरा, थितिमा नबाँधिने कुरा, प्रणालीमा नबाँधिने कुरा, प्रबन्ध भित्र नबाँधिने कुरा, प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्ने कुरा यो नै अशुभको संकेत हो ।’’
अध्यक्ष ओलीले यस अघिको गठबन्धन सरकारले रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिनेक्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेको बताउनुभयो ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्छ ः ओली
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply