कृषकहरूलाइ व्यवसायिक च्याउ खेती तालिम

Share it with you friends

धादिङ : धादिङको धुनिवेशीमा ३ दिने व्यवसायिक च्याउ खेती तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

व्यवसायिक किट विकास फार्म, धुनिवेशी धादिङको आयोजनामा  साल चैत्र १५ गतेदेखि १७ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा विभिन्न पालिकाका कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

तालिममा कार्यालयका निमित्त प्रमुख कृषि अधिकृत राजेन्द्र रुपाखेती सहित प्राविधिकहरू विना हायु र अस्मिता वरालले कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ तथा दुधे च्याउ खेती सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक कक्षा सञ्चालन गर्नु भएको थियो।
तालिममा धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका गरी १६ जना कृषकहरूको सहभागिता रहेको थियो। सहभागी कृषकहरूलाई तालिमपछि कार्यालयले कन्ये च्याउको बीउ निःशुल्क वितरण गरेको जनाएको छ।

यस तालिमले कृषकहरूलाई व्यवसायिक च्याउ खेतीतर्फ आकर्षित गर्दै आयआर्जनमा टेवा पुर्‍याउने विश्वास गरिएको आयोजकले जनाएको छ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    धादिङ । गल्छी गाउँपालिकाले गाउँपालिका भित्र सक्रिय तेक्वान्दो खेलाडीहरूलाई आवश्यक खेल सामग्री वितरण गरेको छ।मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरज बस्नेतले…

    धादिङ। धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिलोमा स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको १५ दिने फेल्ट तथा ऊन हस्तकला उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। एकीकृत सामुदायिक विकास अभियान (आईसीडीसी) नेपालले एक्सनएड…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार १२:४५
    • 2 views
    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण
    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार ११:४८
    • 1 views

    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    • By Upendra Adhikari
    • १६ असार २०८३, मंगलवार ०९:५८
    • 7 views
    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    • By Upendra Adhikari
    • १४ असार २०८३, आईतवार १०:३०
    • 8 views
    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 9 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 9 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक